आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा – सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ ।

जनपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन अहिले यस क्षेत्रमा श्रद्धालु भक्तजनहरुको घुइँचो छ । बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो ।

विशेष गरी हरेक वर्षको जनपूर्णिमाको अवसरमा लाग्ने मेला निकै महत्त्वपूर्ण मानिन्छ।देशका विभिन्न ठाउँबाट भक्तजनहरू कठिन पहाडी यात्रा पार गर्दै दर्शनको लागी पुग्ने गर्छन् । श्रद्धालुभक्तजनहरुका लागी यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र नभई,आस्था,विश्वास र आत्मिक अनुभूतिको माध्यम समेत बन्ने गर्छ ।

समुन्द्री सतह देखी करिब ४ हजार २ सय मिटरको उचाइमा बडीमालिका, त्रिवेणी क्षेत्र प्राकृतिक तथा धार्मिक सम्भावना बोकेका क्षेत्र हुन्।बडीमालिकालाई फाँट फाँटको सहर भन्दा पनि फरक पर्दैन । यहाँ २२ वटा समथर हरिया पाटनहरू छन् ।

मनमोहक त्रिवेणी क्षेत्र, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, विष्णु पानी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, बडिमालिका क्षेत्रका मुख्य मनमोहक स्थल हुन्।प्राकृतिक सौन्दर्यता भरिपूर्ण यी फाँटहरू नै यहाँका मुख्य आकर्षक हुन् ।

अहिले यहाँ नेपाल टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा आएको छ । यसअघि सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

टावर जडानका लागि यहीँ भदौ ३ गते टेलिकमका प्राविधिकको टोली बडीमालिकामा पुगेको थियो । निर्माण कार्य सकेर अहिले उक्त क्षेत्रमा इन्टरनेट सेवा सञ्चालनमा छ । पछिल्लो समय बडीमालिकामा पर्यटकको संख्या बढ्दै गएको छ । गोविन्द्र राज तिमिल्सेना,नेपाल न्यूज बैंक

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको