नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ –नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा अध्यक्ष घिमिरेले अवैध रूपमा राजस्व नतिरी नेपाल भित्र्याइएका मोबाइल फोनको नियन्त्रणका लागि प्राधिकरण प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विगतमा विभिन्न चुनौती आए पनि बिना भन्सार भित्रिएका मोबाइल फोन सञ्चालनमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरिने स्पष्ट पार्नुभयो। एमडीएमएस कार्यान्वयनमा कठिनाइ आए उपयुक्त अन्य प्रविधि वा विधि अपनाएर भए पनि अवैध मोबाइल नियन्त्रण गरिने उहाँको भनाइ थियो।

मोबाइल इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले मोबाइल वितरकले न्यून मार्जिनमा काम गर्नुपरेको र मूल्य वृद्धिका कारण मोबाइल आयातमा समेत कमी आएको बताउनुभयो। उहाँले अवैध मोबाइलको बिक्री–वितरण नियन्त्रण तथा बजारका समस्या समाधानका लागि आयातकर्ता, वितरक र खुद्रा विक्रेताका प्रतिनिधि सम्मिलित विशेष कार्यदल गठन गरिने जानकारी दिनुभयो।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले मोबाइल व्यवसाय क्षेत्रका समस्या समाधानका लागि आयातकर्ता, वितरक र खुद्रा व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो।

त्यसैगरी, क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारीले बढ्दो साइबर अपराध न्यूनीकरणका लागि विद्यालय तहदेखि नै साइबर सुरक्षा शिक्षा आवश्यक रहेको बताउनुभयो। उहाँले सरकारी तथा नियमनकारी निकाय, नागरिक समाज र सरोकारवाला सबैले साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

संघका निवर्तमान अध्यक्ष दिनेश चुल्याधोले संस्थाको १० वर्षे यात्राका क्रममा प्राप्त उपलब्धि, अवसर र चुनौतीबारे चर्चा गर्नुभयो।

कार्यक्रमका सभापति एवं संघका अध्यक्ष रघु त्रिपाठीले अवैध रूपमा नेपाल भित्रिने तथा बिक्री हुने मोबाइल फोनका कारण राज्यले वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाइरहेको दाबी गर्नुभयो। उहाँले अवैध मोबाइल कारोबार नियन्त्रणका लागि सरकारले तत्काल ठोस नीति ल्याई संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो।

वितरकहरूले न्यून मार्जिनमा काम गर्नुपरेका कारण व्यवसायी तथा वितरक पलायन हुने अवस्था सिर्जना भएकोप्रति समेत उहाँले चिन्ता व्यक्त गर्नुभयो।

साधारण सभामा विभिन्न संघ–संस्थाका प्रतिनिधि, मोबाइल ब्रान्डका आयातकर्ता तथा उत्पादक कम्पनीका प्रतिनिधिसहित देशभरबाट आएका मोबाइल वितरकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको