पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६०५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार २७४२ पिसिआर परीक्षणबाट र ४३३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
यस्तै देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।
यस्तै काठमाडौं उपत्यकामा १५०९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१७३६, ललितपुरमा ९३६० र भक्तपुरमा ४६५२ सक्रिय संक्रमित छन्।
