सरकारले दूधको मूल्य बढाएसंगै अब कति तिर्नुपर्छ प्रतिलिटरको ?

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ ।

डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो ।

त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो।

त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर२.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ ।

उद्योगीले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने पस्ताव गरिएको थियो ।

यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको