ट्राफिक प्रहरीलाई नयाँ नियम, एसएसपी जोशीले दिए यस्तो निर्देशन

काठमाडौँ – काटमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले डिउटीको समयमा अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने भएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, शान्ति सुरक्षाका लागि डिउटीमा खटिदाँ हुने घटनाहरू तथा अन्य विवरणहरू सम्झेर नसक्ने, तत्काल भुल्न सक्ने भएकोले कार्यालय प्रयोजनमा काम लाग्ने तथा जानकारीमूलक विवरणहरूको सुरक्षित र उत्तरदायि अभिलेखिकरण गर्ने उद्देश्यले सो व्यवस्था लागु गरिएको हो ।

यसै परिप्रेक्षमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले एक कार्यक्रमका वीच काठमाडौँ उपत्यकामा कार्यरत झन्डै १६०० ट्राफिक कर्मचारीहरूलाई डायरी तथा कलम वितरण गरेका छन् ।

ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले सो सामाग्री वितरण गरिएको एसएसपी जोशीले बताए ।

डिउटीको समयमा सवारी दुर्घटनाहरूको टिपोट गर्न, दुर्घटना गरेर फरार वा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनको नम्बर टिपोट गर्न, विभिन्न घटनाहरूको टिपोट गर्न ईत्यादी प्रयोजनको लागि डायरी र कलम दिएको पनि उनले जानकारी दिए ।

सोही कार्यक्रममा आजदेखि डिउटीका समयमा सम्पूर्ण ट्राफिक प्रहरीले अनिवार्य रूपमा डायरी र कलम साथमा बोक्नु पर्ने निर्देशनसमेत दिए । कार्यक्रममा महाशाखामा कार्यरत ट्राफिक प्रहरी अधिकृतहरू तथा मातहतका सम्पूर्ण ईन्चार्जहरूको उपस्थिति रहेको थियो ।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको