भारतीय सेना प्रमुख पाण्डे किन आउँदै छन् नेपाल ?

भारतीय सेना प्रमुख मनोज पाण्डे आगामी अगस्टमा नेपाल भ्रमणमा आउने भएका छन्। पाण्डे नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न यहाँ आउने भएका हुन्।

नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्नेछिन्।

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ। प्रधानसेनापति शर्मा गत नोभेम्बर ९ देखि १२ सम्म तत्कालीन भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको निम्तामा भारत भ्रमणमा गएका थिए। उनलाई भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुशार भारतीय सेनाले अगस्टमा सेनाप्रमुख पाण्डे नेपाल आउने जानकारी गराएको छ। ती अधिकारीले भ्रमणको यकिन मिति चाँडै टुंगो लाग्ने बताए।

सोमबार भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले भारतीय सेना प्रमुख मनोज पाण्डेसँग गरेको भेटवार्तामा पनि पाण्डेको नेपाल भ्रमणबारे कुराकानी भएको थियो। भेटमा पाण्डेले नेपाल भ्रमणमा जान प्रतीक्षारत रहेको बताएका थिए।

नयाँ दिल्लीस्थित सैनिक मुख्यालयमा भएको भेटवार्तामा नेपाल-भारत सैन्य सहकार्यका विविध बिषयमा छलफल भएको राजदूत शर्माले ट्वीटमा उल्लेख गरेका छन्।

शर्माले भारतीय सेनाले नेपाललाई निरन्तर दिँदै आएको सहयोगका लागि जनरल पाण्डेलाई धन्यवाद पनि दिएका थिए।भारतीय सैन्य मुख्यालयले पनि राजदूत शर्मा र सेनाप्रमुख शर्माबीच सैन्य सहकार्यबारे छलफल भएको ट्वीटमा जनाएको छ।

राजदूत शर्मा र भारतीय प्रधानसेनापतिबीच पहिलोपटक भेटवार्ता भएको हो। पाण्डे अप्रिल १८ मा भारतीय सेनाको प्रमुख नियुक्त भएका थिए।

नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि विभिन्न क्षेत्रमा सहकार्य रहँदै आएको छ। गत मे ४ मा प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय समकक्षी पाण्डेबीच भिडिओ कन्फ्रेन्समार्फत कुराकानी भएको थियो। त्यस क्रममा शर्माले पाण्डेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको