बाबुरामले जुराए नयाँ पार्टीको नाम, चुनाव चिन्ह के ?

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी गठन गर्ने भएका छन् । अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै विभाजित हुने निर्णय भएसँगै भट्टराईले नयाँ पार्टी खोल्ने भएका हुन् ।

भट्टराई निकट एक नेताका अनुसार डा. भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले जानकारी दिए ।

सिंहदबारमा भएको छलफलमा भट्टराईले वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको र त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भन्दै प्रस्ताव गरेपछि यादवले छुट्न सहमत भएको एक नेताले जानकारी दिए ।

एक नेताका अनुसार जसपा पार्टी उपेन्द्र यादवसँग रहने भएको छ। जसपा पार्टी र चिन्ह नपाएपछि भट्टराईले नयाँ पार्टी खोल्ने भएका हुन् । पार्टी विभाजन हुने भएपछि कतिजना सांसद भट्टराईको पक्षमा उभिने र कति जना यादवको पक्षमा उभिने भन्ने निश्चित भएको छैन।

उपेन्द्र पक्षका एक नेताका अनुसार सांसदहरू महिन्द्र राय, राजकिशोर यादव र अमृता अग्रहरी बाबुरामसँग जान सक्ने अनुमान गरेको छ । बाबुराम भट्टराईले खोल्ने नयाँ पार्टीको नामसमेत जुराईएको भट्टराई निकट एक नेताले नेप्लिज टाईम्सलाई बताए । उनका अनुसार भट्टराईको नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी केन्द्र’ राख्ने मोटामोटी सहमति भएको छ ।

तर अहिले नै यहि नाम अन्तिम हो भन्ने नरहेको र पार्टीको नामबारे अझै छलफल भइरहेको उनले बताए । पार्टीको नाम समाजवादी केन्द्र राख्नेबारे सबै नेताहरुको एकमत रहेको र सम्भवतः ‘नेपाल समाजवादी केन्द्र’ नै रहने उनको भनाइ छ ।

यस्तै बाबुराम भट्टराईको नयाँ पार्टीको चुनाव चिन्हबारे पनि छलफल भइरहेको छ । धेरैजसो नेताहरुले नयाँ शक्ति पार्टीको ‘आँखा’ चुनाव चिन्ह राख्नुपर्ने सुझाव दिएका छन् । तर, यो चुनाव चिन्ह अर्कैले लिएको हुन सक्ने भएकोले यहि वरिपरि रहेर चुनाव चिन्ह राख्नेबारे छलफल भइरहेकाे ति नेताले बताए ।

भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) आन्तरिक विवादका कारण फुट्ने निश्चित भएसँगै भट्टराईले नयाँ पार्टी गठनका लागि केही दिनभित्रै राष्ट्रिय भेला बोलाउने तयारीसमेत गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई उपेन्द्र यादवसँगै रहने भएका छन् । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी छाडेपनि अशोक पक्ष उपेन्द्रसँगै रहने अशोक निकट एक नेताले बताए ।

‘अशोक सर उपेन्द्रसँगै रहनुहुन्छ । बाबुराम सर तत्कालिन नयाँ शक्तिको टिम लिएर जानुहुन्छ’ ति नेताले भने,‘नयाँ शक्ति बाहेक तत्कालिन संघीय समाजवादी फोरमको सिंगो टिम जसपामै रहन्छ ।’

सिफारिस

यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह (फोटोफिचर)

नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ। जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँएको छ। चैते दशैंको अवसर...

यस्तो देखियो सिंहदरबारमा सांसदहरूको शपथ (तस्वीरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार दिउँसो सिंहदरबारमा शपथ लिएका छन् । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सेतो मच्छिन्द्रनाथ जात्रा सुरु (तस्वीरहरू)

सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को...

यस्तो देखियो सिंहदरबारमा सांसदहरूको शपथ (तस्वीरहरू)

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा विजयी प्रतिनिधिसभाका सांसदहरूले बिहीबार...

ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरहरू)

काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ...

नयाँ सांसदहरूको लागि यस्तो बन्यो अस्थायी बैठक कक्ष (तस्वीरहरू)

काठमाडौं - आगामी चैत १२ गते बस्ने नवनिर्वाचित सांसदहरूको...

चीनको युन्नान प्रान्तको राजधानी कुनमिङ सहर पुग्दा जे देखे (तस्वीरहरू)

कुनमिङ — चीनको युन्नान प्रान्तको राजधानी कुनमिङ पुग्नेबित्तिकै सहरको...

सकियो ‘फन रन २०८२’  (तस्वीरहरू)

ललितपुर — हायर ग्राउन्ड नेपालद्वारा आयोजित ‘फन रन २०८२’...

धेरै पढिएको