सेना, प्रहरी र सशस्त्रको नयाँ तलब स्केल सार्वजनिक, कुन पदको कति ? (सूचीसहित)

काठमाडौं –  सरकारले चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन २६ को मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नयाँ तलबमान मन्त्रालयले भर्खर सार्वजनिक गरेको हो ।

अर्थले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयलाई पत्राचार गर्दै हालै स्वीकृत नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेडको विवरण पठाएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत राष्ट्रसेवक कर्मचारीको १५ प्रतिशतका दरले तलब बढाएको थियो ।

अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिएको छ ।

नेपाली सेनाको सबैभन्दा माथिल्लो तह प्रधानसेनापतिले शुरु तलब स्केल ७७, हजार २ सय ११, ग्रेड संख्या २ र ग्रेड दर २ हजार २५ सय ७४ गरेर जम्मा ८२ हजार ३ सय ५९ रुपैयाँ मासिक पाउनेछन् । सबैभन्दा तल्लो तह फलोअर्स प्रथम स्तरले २४ हजार ७ सय २ शुरु तलब स्केल, ग्रेड संख्या २ र ग्रेड दर ८ सय २३ गरेर जम्मा २६ हजार ३ सय ४८ पाउनेछन् ।

मन्त्रालयले स्वीकृत गरेको नयाँ तलबमान अनुसार सबैभन्दा माथिल्लो तह माध्यामिक तह (प्रथम)ले ५६,७८७, माध्यामिक तह (द्वितीय)ले ४८,७३७, माध्यामिक तह (तृतीय)ले ४३,६८९, निम्न माध्यामिक तह शिक्षक (प्रथम)ले ४५,७७०, निम्न माध्यामिक तह (द्वितीय)ले ४३,६८९, निम्न माध्यामिक तह (तृतीय)ले ३४७३० पाउनेछन् । त्यस्तै प्राथमिक तह (प्रथम)ले ४३,६८९, प्राथमिक तह (द्वितीय)ले ३४,७३० र प्राथमिक तह (तृतीय)ले ३२,९०२ रुपैयाँ तलब प्राप्त गर्नेछन् ।

यस्तै नेपाल प्रहरीको सबैभन्दा माथिल्लो तह प्रहरी महानिरीक्षक (आईजीपी) ले तलब स्केल ७२ हजार ८२, ग्रेड संख्या २ र ग्रेड दर २४ सय ३ गरेर जम्मा ८८ हजार ८ सय ८८ रुपैयाँ पाउनेछन् । सबैभन्दा तल्लो तह फलोवर्स अर्थात सयसले तलब स्केल २४ हजार ७ सय २, ग्रेड संख्या २ र ग्रेड दर ८ सय २३ गरेर जम्मा २६ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

सशस्त्र प्रहरी बलको सबैभन्दा माथिल्लो तह सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी)ले ७२ हजार ८२, ग्रेड संख्या २ र ग्रेड दर २४ सय ३ गरेर जम्मा ८८ हजार ८ सय ८८ रुपैयाँ पाउनेछन्  । सबैभन्दा तल्लो फलोवर्स सयसले तलब स्केल २४ हजार ७ सय २, ग्रेड संख्या २ र ग्रेड दर ८ सय २३ गरेर जम्मा २६ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

कति पुग्यो सेनाका महारथीदेखि फलोअर्स प्रथम स्तर सम्मका कर्मचारीको तलब ?

प्रहरीको कति पुग्यो ?

सशस्त्र प्रहरी बलको कति ?

सिफारिस

टि२० विश्वकप छनोट: नेपालद्वारा जापान ५ विकेटले पराजित

टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान...

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले आफ्नो सांसदकालमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेका छन्। बिहीबार राहदानी विभाग पुगेर ढकालका स्वकीय सचिव जितेन्द्र...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले परम्परागत चोक्ते नारायणको जात्रा मनाएका छन्। उल्टो रथमा देवतालाई राखेर परिक्रमा गराउने अनौठो चलनका कारण...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एकनाथ ढकालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौँ - संघीय संसद्—प्रतिनिधि सभाका पूर्व सदस्य एकनाथ ढकालले...

कहीँ नभएको जात्रा हाँडी गाउँमा (तस्वीरहरू)

काठमाडौं - कार्तिक कृष्ण प्रतिपदाको अवसरमा आज हाडीगाउँका स्थानीयले...

आइयूसीएनको रिजनल काउन्सिलरमा नेपालकी रोशनी पाठकको एकल उम्मेदवारी

काठमाडौँ - अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को साउथ...

बलराम पुडासैनीको वर पिपलु बोलको गीत सार्वजनिक

हेटौंडा - गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु...

कहाँ गए यी १८ प्रहरी जवान ? ७ दिनभित्र हाजिर नभए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका...

स्वम्भूबाट देखिएको काठमाडौं (तस्वीरहरू)

शुक्रबार र शनिबारको अविरल वर्षापछि आज(सोमबार)काठमाडौंको मौसम खुलेको छ...

धेरै पढिएको