काठमाडौं – अजय रावल् र खुशी मुखियाले ‘मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०’ अवार्ड जित्न सफल भएका छन्। प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा भएको उक्त कार्यक्रम २० प्रतिस्पर्धी पछि पार्दै उनीहरुलेअवार्ड जितेका हुन्।
दरवारमार्ग स्थित माग्नम लाउन्ज एण्ड क्लबमा सम्पन्न कार्यक्रममा फस्ट रनरअप पंकज पाण्डेय, आराध्या भट्ट सेकेन्ड रनरअप जितेन्द्र चौधरि, रोजिता श्रेष्ठ छन्नोट भएका छन । त्यस्तै गरी प्रकाश खत्री र देविका विष्टले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन ।
नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने र नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरसम्म विकास गर्दै लैजाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
यस कार्यक्रमका बिजेताहरु आगामी जुन महिना मलेशियामा ३० देखि ३५ राष्ट्रको सहभागिता हुने “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स २०२०” मा नेपालको तर्फबाट सगभागिता जनाउन पाउने प्लानेट मल्टिमेडिया इन्टरनेशनल निर्देशक मोनित महर्जनले जानकारी दिए ।




