बालेनलाई धक्का उच्च अदालत पाटनले दियो यस्तो आदेश

उच्च अदालत पाटनले काठमाडौंको थायमदु (बांगेमुढा) स्थित सामुदायिक घर (त्वा: छेँ) भवन भत्काउने कार्य रोक्न काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश दिएको छ।

त्वाँ छे समितिले दिएको रिटमा बिहीबार पहिलो सुनुवाइ गर्दै न्यायाधीश रमेश ढकालको एकल इजलासले अन्तरिम आदेश दिएको हो।

स्थानीय बासिन्दाले विभिन्न सामुदायिक गतिविधिमा प्रयोग गर्न स्थानीयकै स्रोत र श्रमदानमा ४४ वर्षअघि उक्त सामुदायिक घर निर्माण गरेका थिए। सार्वजनिक जग्गामा बनेको घर भत्काएर २५ नम्बर वडा कार्यालय बनाउन काठमाडौं महानगरले असोज १४ गते डोजर चलाएको थियो।

महानगरको यो कदमविरूद्ध दायर रिटमा अन्तिम टुंगो नलागेसम्म सामुदायिक भवन भत्काउने वा त्यसमा भौतिक क्षति पुग्ने कुनै काम-कारबाही नगरी यथास्थितिमा राख्न अदालतले भनेको छ।

इजलासले उक्त भवन सार्वजनिक जग्गामा बनेकाले सार्वजनिक प्रयोजनलाई प्रतिकूल असर पर्ने गरी निवेदकबाट समेत कुनै काम-कारबाही नहुने विश्वास व्यक्त गरेको छ।

यति मात्र होइन, उक्त जग्गाको सार्वजनिक प्रयोजन र उपयोग सुनिश्चित गर्ने जिम्मेवारी र कर्तव्य महानगरपालिकाबाट सम्पादन हुनुपर्ने पनि अदालतको आदेशमा भनिएको छ।

उक्त सामुदायिक भवन सार्वजनिक प्रयोजनका लागि जनस्तरबाट विक्रम सम्बत् २०३३ सालमा बनाउन थालेर २०३५ सालमा निर्माण सम्पन्न भएको थियो। सार्वजनिक जग्गा सार्वजनिक प्रयोजनको मर्म र भावनाविपरीत हुने गरी कुनै प्रकारले प्रयोग गर्न नपाउने आदेशमा भनिएको छ।

सार्वजनिक जग्गा भनेको व्यक्तिको मात्र होइन, सरकारको समेत स्वामित्व नहुने अदालतको आदेशमा छ। ‘सार्वजनिक जग्गाको स्वामित्वकर्ताका रूपमा कुनै व्यक्ति विशेष, सरकार वा सार्वजनिक संस्था पनि हुन सक्दैन,’ आदेशमा भनिएको छ।

सार्वजनिक जग्गालाई राज्यशक्ति प्रयोग गर्ने संघ, प्रदेश वा स्थानीय तहले समेत सरकारी वा आफ्नो मातहतको जग्गा जसरी आफूखुसी प्रयोग गर्न नपाउने संवैधानिक र कानुनी व्यवस्था रहेको उक्त आदेशमा उल्लेख छ।

‘उल्लिखित ५९४ कित्ता नम्बरको सार्वजनिक जग्गालाई विपक्षी महानगरपालिकाले मात्र होइन, निवेदक त्वाः छेँ समितिले समेत आफूखुसी प्रयोग गर्न नपाउनेमा यो इजलास स्पष्ट छ। उक्त जग्गा संरक्षण गर्ने-गराउने दायित्व विपक्षी र निवेदक दुवैमा रहेको छ,’ आदेशमा भनिएको छ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको