देशमा विकास र जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक

काठमाडौँ – एमाले उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि शुक्रवार घरदैलो कार्यक्रम सुरु गर्दै उनले विशासको मार्गमा देशलाई अघि बढाउन, राष्ट्रका माग सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधिनता रक्षा गर्न एमालेको सरकार बन्न आवश्यक रहेको बताए।

उनले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्न आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताए।

उनले नेकपा एमालेले निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई ध्यान दिई निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेको बताए।

उनले नेकपा एमालेको सरकार हुँदा विकास निर्माणका कामले गति लिएको र आगामी सरकार नेकपा एमालेको बनेपछि पनि गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

‘निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहितालाई समेत ख्याल गर्दै निश्चित संख्यामा घरदैलो अभियानमा सहभागी बनेका छौँ। मतदाताको गुनलाई कहिल्यै बिर्सन सक्दैनौँ। हामीले विकासका आयोजना धेरै सञ्चालन गरेका छौँ। राजमार्ग चौडादेखि अन्य विकासका काम गरेका छौँ। भित्री सडक कालोपत्रे र स्तरोन्नति गर्नेछौँ’, उनले भने, ‘विकासको मार्गमा अघि बढाउन, जनताका, राष्ट्रका माग सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि केन्द्रमा नेकपा एमालेको सरकार आवश्यक छ।’

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई भारी मतले विजय गराउन पनि मतदातासमक्ष आग्रह गरे।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको