काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुनिल केसी विजयी भएका छन्।
प्राप्त परिणामअनुसार केसीले ६ हजार ५९८ मतसहित जित दर्ता गराएका हुन्। उनीसँग बागमती प्रदेशसभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ पराजित भएका छन्।
नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ५ हजार ७९ मात्रै मत ल्याउन सफल भए। यहाँ नेपाली कांग्रेसका ध्रुव केसी ३ हजार ८४७ मतमा समेटिए।
काठमाडौंमा राप्रपाको विजयी शुरुआत : काठमाडौं क्षेत्र नं-२ प्रदेशसभा (क) मा राप्रपाका उम्मेदवार सुनील के.सी.विजयी हुनुभएकोमा धेरै धेरै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
श्रेष्ठल २०७४ मा यही क्षेत्रबाट विजयी भएर बागमती प्रदेशसभाको सभामुख भएका थिए।
श्रेष्ठ २०५४ सालमा जिल्ला विकास समिति काठमाडौंको सभापति पनि भएका थिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन्।
