चितवन- २ साँझ अपडेट: रवि लामिछाने र एमालेका पोखरेलको मतान्तर कति ?

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५ हजार १२८ मत ल्याएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याएका छन्।लामिछाने र पोखरलेबीच यहाँ ९६२ मतको अन्तर भइसकेको छ।

यसैगर‍ी यहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा छन्। यहाँ यसअघि इच्छाकामना र कालिका नगरपालिकाको गणना हुँदासम्म पोखरेल पछाडि थिए। तर अहिले भरतपुर बजार क्षेत्रमा गणना पुगेसँगै रवि अघि बढेका हुन्।

त्यस्तै, नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् ।

विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

उजुरीका सन्दर्भमा लामिछानेले स्पष्टीकरण बुझाएको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ७ दिन समय दिएर रविलाई स्पष्टीकरण पेश गर्न भनेको थियो । रविले मंगलबार सातौं दिन स्पष्टीकरण बुझाएका हुन् ।

लामिछानेले सातौं दिनको अन्तिम समय पारेर स्पष्टीकरण मंगलबार दिउँसो ४.३० बजेतिर मुख्य निर्वाचन अधिकृतलाई शिलवन्दी गरेर बुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत थापाले लामिछानेले बुझाएको स्पष्टीकरण सिधै केन्द्रमा पठाउने र केन्द्रले नै निर्णय लिने बताए ।

‘उहाँले शिलबन्दी गरेर बुझाउनुभएको छ, हामीले ढिला गरी पायौं, जतिसक्दो छिटो आयोगमा पठाउछौं’, मुख्य निर्वाचन अधिकृत थापाले भने, ‘हामीले यहाँ केही नगर्ने भएकोले शिलबन्दी नखोली पठाउँछौं ।’

भरतपुरबाट बुधबार बिहान जहाजमार्फत शो स्पष्टीकरण पत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले बताएको छ । रवि उम्मेदवार रहेको चितवन-२ मा हाल मतगणना भइरहेको छ र मंगलबारदेखि उनले अग्रता लिन थालेका छन् ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको