अहिलेसम्म ११ ठाउँमा कांग्रेसले जित्दा अरु कुन दलले कति जिते ?

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।

अहिलेसम्म २० स्थानको मतपरिणाम आइसकेको छ। यी क्षेत्रमध्ये नेपाली कांग्रेसले ११, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले १, नेकपा एकीकृत समाजवादीले १ र नागरिक उन्मुक्ति पार्टीले १ ठाउँमा जितेका छन्।

नेपाली कांग्रेसः
काठमाडौं- १, प्रकाशमान सिंह।
डडेल्धुरा, शेरबहादुर देउवा।
काठमाडौं- ४ मा, गगन कुमार थापा।
मनाङ, टेकबहादुर गुरुङ।
मुस्ताङ- १, योगेश गौचन थकाली।
रसुवा, मोहन आचार्य।
ललितपुर- १, उदयशमशेर राणा
काठमाडौं- ५, प्रदीप पौडेल।
काठमाडौं- ३, सन्तोष चालिसे।
सुर्खेत-२, हृदयराम थानी।
तनहुँ-२, शंकर भण्डारी।

राष्ट्रिय स्वतन्त्र पार्टीः
काठमाडौं-७, गणेश पराजुली।
काठमाडौं-२, सोविता गौतम।
काठमाडौं-२, विराजभक्त श्रेष्ठ।

नेकपा एमालेः
ललितपुर-२, प्रेमलाल महर्जन।
काठमाडौं-९, कृष्ण गोपाल श्रेष्ठ।
उदयपुर-२,अम्मरबहादुर रायमाझी।

नेकपा एकीकृत समाजवादीः
अछाम- १, शेरबहादुर कुँवर।

नागरिकता उन्मुक्ति पार्टीः
कैलाली- ३, गंगाराम चौधरी।

राप्रपाः
बाँके-२, धवलशमशेर राणा।

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

बुधबार बिहानको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ ।

यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ९५ हजार १५ मत प्राप्त हुँदा नेकपा माओवादी केन्द्रलाई ८६ हजार ६३२ मत प्राप्त भएको छ । यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ४९ हजार ७०५ मत प्राप्त गरेको छ ।

यस्तै जसपाले १५ हजार १३५ मत, जनमत पार्टीले १५ हजार १३, नेमकिपाले ११ हजार ७०३, एकीकृत समाजवादीले १० हजार ८६४, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६९२ र अन्य पार्टीले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको