काठमाडौं – झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । यहाँ गन्न बाँकीभन्दा बढी मतले शर्माले लिड गरेका छन् । यसअघि दुईपटक लगातार पराजित शर्मा तेस्रोपटकको प्रयासमा सफल बन्दैछन् ।
ताजा अपडेटअनुसार विश्वप्रकाशको ३४५०८ मत छ । उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल २१८२८ मतका साथ दोस्रो स्थानमा छन् । अब ११३९१ मत गन्न बाँकी छ । शर्मा र खरेलको मतान्तर १२६८० रहेको छ ।
को हुन् शर्मा ?
युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनका एक छोरा र एक छोरी छन् ।
२०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसकेका छन् । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।
१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औ महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित भएका हुन् ।
अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित भएका थिए ।
