विरोध खतिवडाको चुरीफुरी सकियो, एमालेका बर्तौलाले लगाए अपराजित यात्रामा पूर्ण विराम

संसदीय निर्वाचनमा मकवानपुरका कम्युनिस्ट नेताहरूमध्ये सबैभन्दा भाग्यमानी मानिएका विरोध खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

२०४६ सालमा बहुदल स्थापनापछिका सबै चुनाव जित्दै आएका खतिवडा ३१ वर्षपछि राेकिएका हुन् । २०४८ सालदेखि संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ मा पनि निर्वाचित भएका थिए । २०३५ सालदेखि सक्रिय राजनीतिमा थिए खतिवडा । पहिलोपटक उनी २०४८ सालमा भएको आमनिर्वाचनमा विजयी भएका थिए । जिल्लामा कम्युनिस्टहरूको रापताप बढ्दै गइरहेका बेला उनले जित्न थालेका थिए ।

त्यसपछि २०७४ सम्म आइपुग्दा पनि खतिवडाले चुनाव जितिरहे । उनले चुनाव मात्रै जित्दै आएका थिएनन्, उठेकामध्ये कुनै पनि निर्वाचन नहार्ने थोरै नेताहरूको रेकर्डमा नामसमेत लेखाएका थिए । खतिवडाले हालसम्म चार वटा निर्वाचन जितेका छन् । उनी २०४८, ०५१, ०५६ र ०७४ मा गरी चार पटक चुनिए । उनले २०६४ र २०७० मा भएको पहिलो र दोस्रो संविधानसभा-व्यवस्थापिका संसद्को चुनावमा भने भाग लिएनन् ।

तर, पाँचौँ पटकको प्रयासमा भने उनको अपराजित चुनावी यात्रामा रोक लाग्यो । खतिवडाको अपराजित यात्रामा पूर्ण विराम लगाउने पनि उनकै राजनीतिक चेला बने । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का खतिवडा र नेकपा एमालेका महेश बर्तौला प्रतिस्पर्धामा थिए । बर्तौलाले आफ्नो पहिलो प्रयासमा खतिवडालाई ४ हजार ५ सय २० मतान्तरले हराएका हुन् ।

कुल खसेको मत ८६ हजार ३ सय १ मा बर्तौलाले ३४ हजार ९ सय १६ मत ल्याएका छन् । खतिवडाले ३० हजार ३ सय ९६ मत मात्रै पाए । बदर मत ४ हजार १ सय २ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाउँदा राप्रपाका राजन मैनालीले २ हजार १ सय ९४ मत प्राप्त गरे ।

विद्यार्थी राजनीतिबाट २०७८ सालमा मात्रै पार्टीको राजनीतिमा प्रवेश गरेका बर्तौला पहिलाेपल्ट संसदीय चुनाव लडेका हुन् ।

बर्तौला हाल एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् । २०७४ मा खतिवडालाई चुनाव जिताउन बर्तौला पनि मैदानमा थिए । तर, त्यसको ठीक पाँच वर्षपछि गुरु-चेला नै एकअर्काको प्रतिस्पर्धी बने । उनीहरू छुट्टिनुमा पार्टी विभाजन प्रमुख कारक थियो । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा लागेपछि खतिवडा ३० वर्षको राजनीतिमा पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री बने ।

पार्टी फुटेपछि मन्त्री बने पनि खतिवडाले आफ्नो पाँचौ चुनावी प्रतिस्पर्धा पक्षमा पार्न सकेनन् । क्षेत्र नम्बर २ मा गठबन्धनको मत करिब ५८ हजारको हाराहारीमा थियो ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको