मतगणना अपडेट: अहिलेसम्म एमालेले ३४ स्थानमा जीत हासिल गर्दा कहाँ- कहाँ छ अग्रता ?

आम निर्वाचनको जारी मतगणनामा नेकपा एमालेले ३४ स्थानमा जीत हासिल गर्दा १२ सिटमा अग्रता कायमै छ । पछिल्लो मतपरिणामअनुसार रुपन्देही १ मा छविलाल विश्वकर्माको अग्रता छ ।

यस्तै मोरङ १ मा घनश्याम खतिवडा, तेह्रथुममा विजय सुब्बा, इलाम १ मा महेश बस्नेत, पाल्पा १ मा नारायणप्रसाद आचार्य, काभ्रे १ मा रेशमबहादुर लामा, इलाम २ मा सुवासचन्द्र नेम्वाङ्ग, मोरङ २ मा ऋषिकेश पोखरेल, रुपन्देही २ मा विष्‍णुप्रसाद पौडेलको अग्रता छ ।

यस्तै सुनसरी २ मा भीमप्रसाद आचार्य, कपिलवस्तु ३ मा मंगलप्रसाद गुप्‍ता, सुनसरी ३ मा भगवती चौधरी र सुनसरी ४ मा जगदीशप्रसाद कुसियैतको अग्रता छ ।

उता,समानुपातिक तर्फको मतगणना कार्यपनि जारी रहेको छ । हालसम्म समानुपातिकतर्फ कूल ३९ लाख ५४ हजार ७७२ मत गणना भएको छ जसमध्ये सर्वाधिक १० लाख ५५ हजार ७५० मत पाएर एमाले पहिलो स्थानमा रहेको छ ।

दोश्रो स्थानमा रहेको कांग्रेसले १० लाख १० हजार ७७१ मत पाएको छ भने तेश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ९६ हजार ५३५ मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख ६६ हजार २२९ मत पाएको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ०६४ मत पाएको छ भने छैटो स्थानमा रहेको जसपा नेपालले १ लाख ३१ हजार २२५ मत पाएको छ ।

अहिलेसम्मको गणनाका आधारमा यी दलहरूले मात्र ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् । माथि उल्लेख गरिएको मतका आधारमा समानुपातिक तर्फको ११० सिट बाँडफाँट गर्दा एमालेले सबैभन्दा धेरै र सबैभन्दा कम जसपा नेपालले पाउने देखिन्छ ।

एमालेले समानुपातिकबाट ३४ सिट पाउने देखिन्छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ३२ सिट पाउने देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट, माओवादी केन्द्रले १५ सिट, राप्रपाले ८ देखि ९ सिट र जसपा नेपालले ४ सिट पाउने देखिन्छ ।

समानुपातिक तर्फको मतगणना कार्य जारी रहेकोले माथि विभाजन गरिएको सिट संख्यामा सामान्य हेरफेर हुन सक्नेछ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको