१३० सिटको अन्तिम नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते ?

गत आइतबार भएको चुनावको शुक्रबार मतगणना जारी छ । शुक्रबार दिउँसो ३ बजेसम्म १३० सिटको अन्तिम नतिजा आएको छ । यति बेलासम्म नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । उसले ४३ सिट जितेको छ । अझै ९ सिटमा उसको अग्रता छ ।

यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । एमालेले अहिलेसम्म ३४ सिटमा जित पाइसकेको छ भने १२ सिटमा अग्रता छ । यस्तै तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले १२ सिटमा जित हात पार्दा ६ स्थानमा अग्रता बनाएको छ । चौथो स्थानको नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । अब उसको अग्रता कतै छैन ।

यस्तै पाँचौँ स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ भने १ सिटमा अग्रता छ । राप्रपाले ५ सिट जितेको छ भने २ सिटमा अग्रता छ । जसपाले ३ सिटमा जित र २ सिटमा अगाडि छ ।  लोसपाले पनि ३ सिटमा जित हासिल गर्दा १ ठाउँमा अग्रता लिएको छ भने अन्यले १३ सिटमा जितेका छन् भने १ सिटमा अग्रता छ ।

बाँकी क्षेत्रको मतगणना जारी छ भने बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन।

 हालसम्म सार्वजनिक परिणामअनुसार ४३ जना नयाँ अनुहार चयन भएका छन्। नेपाली कांग्रेसबाट १२ जना, एमालेबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टीका ७, माओवादी र राप्रपाबाट,३-३ जना चयन भएका हुन्। यस्तै स्वतन्त्र उम्मेदवारी दिएकाहरूबाट ३ जना र जसपा र जनमत पार्टीका, १-१ गरी ४३ नयाँ अनुहार चयन भएका हुन्।

यस्तै, दुईतिहाइ बहुमत ल्याउने अनुमान गरिएको सत्ता गठबन्नले सामान्य बहुमत पनि ल्याउन कठिन हुने देखिएको छ । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये मतगणना भइसकेका र भइरहेका १६२ क्षेत्रको परिणामले सत्तागठबन्धनले बहुमत ल्याउन नसक्ने देखिएको हो ।

समानुपातिकतर्फ आएको मतले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको लोकप्रियता जनतामा बढेको देखाएको छ भने सत्तागठबन्धनप्रति जनताको अरुचि देखाएको छ ।

समानुपातिकमा कांग्रेसभन्दा कम्तीमा २/३ सीट एमालेको बढी हुने देखिन्छ । प्रत्यक्षमा लगभभग ५० र समानुपातिकमा ३३/३४ सीट पाएको एमाले ८०-८५ तिर पुग्दा कांग्रेस र एमालेको आकार उस्तै-उस्तै हुनेछ । यी दुई दलबीच बढीमा चार/पाँच सीटको अन्तरले पहिलो र दोस्रो बन्ने सम्भावना छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको