४८ लाख समानुपातिक मत गणना गर्दा एमालेलाई २७ प्रतिशत, नेकपा एसलाई कति ?

काठमाडौं- प्रतिनिधि सभाको समानुपातिक तर्फको मत गणना पनि जारी छ। शुक्रबार बेलुकासम्म झन्डै ४८ लाख मत गणना भइसक्दा एमालेले सर्वाधिक धेरै मत पाउने पार्टी बनेको छ।

४७ लाख ८७ हजार ९३६ मत गणना गर्दा एमालेले १३ लाख ५ हजार ६१५ मत पाइसकेको छ। अहिलेसम्म गणना भएको मतको आधारमा एमालेले पाएको मत २७. २६ प्रतिशत हो।

दोस्रोमा कांग्रेस छ। उसले १२ लाख ३३ हजार ६७२ मत पाइसकेको छ। उसले पाएको मत २५. ७६ प्रतिशत हो। अहिलेसम्म तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ६ लाख ३ हजार ६८९ मत पाएको छ।

जुन गणना भएको मतको १२. ६ प्रतिशत हो। चौथो स्थानमा रहेको माओवादी केन्द्रले ५ लाख ६० हजार ५७९ मत पाएको छ। गणना भएको मतको आधारमा उसले पाएको मत ११. ७ प्रतिशत हो।

अहिलेसम्मको गणनामा तीन प्रतिशत मत कटाउने अन्य दुई दल पनि छन्- राष्ट्रिय जनता पार्टी र जनता समाजवादी पार्टी। उनीहरुले क्रमशः ६.५३ प्रतिशत र ३. १८ प्रतिशत मत पाएका छन्।

प्रत्यक्षतर्फ १० सिट जितिसकेको नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फ १ लाख २ हजार ९६५ मत पाएको छ। उसले पाएको मत २.१५ प्रतिशत हो।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेमकिपा र लोसपाले १ प्रतिशतभन्दा केही बढी मत पाएका छन्।

मतगणनाको ट्रेन्ड हेर्दा जसपाले समानुपातिक सिट बाँडफाँटका लागि आवश्यक ३ प्रतिशत थ्रेसहोल्ड कटाउने देखिन्छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ। मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले ३५, कांग्रेसले ३४, स्वतन्त्र पार्टीले १७, माओवादी केन्द्रले १६, राप्रपाले ९ र जसपाले ४ सिट प्राप्त गर्ने देखिन्छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको