एमालेका महेशसंग हार्ने निश्चित भएपछि झलनाथले लगाए धाँधलीको आरोप, फेरि मतदान गर्न माग

काठमाडौं – इलाम क्षेत्र नम्बर १ को चुनावी मैदानमा रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले धाँधली आरोप लगाएका छन्।

मतगणनाका क्रममा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग निरन्तर पछि पर्दै आएका उनले धाँधली भएको आरोपसहित फेरि मतदानको माग गरेका छन्।

मतगणनाका क्रममा सुरुमै ५ सय मत गायब भएको पाइएपछि आफूले त्यसमा विरोध जनाएर फेरि मतदान गर्नुपर्ने मागसहित औपचारिक धारणा सार्वजनिक गर्ने उनले बताएका छन्।

‘सुरुमै खसेकोमध्ये ५ मत गायब भएको पाइएपछि मैले विरोध जनाएको हो। खसेकोभन्दा धेरै गणना कसरी भयो?’, उनले नेपालखबरसँग भने, ‘अरु कसैले त त्यहाँ राखेको होइन होला? मैले सुरुदेखि नै भनेको छु, यहाँ धाँधली भएको छ।’

खनालले शनिबार गणना भएको ६ वटा केन्द्रको मतपेटिकामा पनि खसेको भन्दा २६६ बढी मत पाइएको बताएका छन्।

‘शनिबार पनि ६ वटा बाकसबाट मतपत्र निकाल्दा मुचुल्का गरिएको भन्दा २६६ बढी मत भेटियो। त्यसैले यहाँ अनियमितता भयो’, उनले भने, ‘यसमा मेरो कुरा भनेको रिइलेक्सनमा जानुपर्छ भन्ने हो। म आजै पत्रकार सम्मेलन गरेर यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्दैछु।’

उनले यसबारेमा प्रमुख निर्वाचन आयुक्तसँग पनि कुरा गरिसकेको बताएका छन्। ‘यसबारेमा प्रमुख निर्वाचन आयुक्तसँग कुरा गर्दा उहाँले कुनै जवाफ दिनु भएको छैन’, उनले भने, ‘त्यसैले यसमा अब रिइलेक्सनमा जानैपर्छ।’

उनले धाँधलीका एकपछि अर्को प्रमाण भेटिएको भन्दै अब एकीकृत समाजवादीका प्रतिनिधिहरुले हस्ताक्षर नगर्ने बताएका छन्। इलाम १ मा अहिले एमाले उम्मेदवार महेश बस्नेत खनालभन्दा २ हजार ४५५ मतले अगाडि छन्।

बस्नेतले १८ हजार ५४२ मत ल्याइसकेका छन्। खनालले १६ हजार ८७ मत ल्याएका छन्। खनाल सुरुदेखि नै निरन्तर पछि परिरहेका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको