राप्रपाका दिपक बोहोरा: जो बोल्दै नबोली गृहमन्त्रीलाई हराउँदै चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।

घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, स्वाति थापा, केन्द्रीय सदस्य तोयनाथ लम्साल, सागरप्रताप राणा, युवराज घिमिरे लगायतले सम्बोधन गर्दथे ।

विगत करिब ५ महिनादेखि बोहरा बोल्न छाडेका हुन् । पोस्ट कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बसेका हुन् । पूर्ण रुपमा निको हुन अझै केही महिना लाग्ने उनका निकटस्थले बताए ।

मतदातासँग भलाकुसरी नै नगरी, दोहोरो संवाद नै नगरी, कुनै पनि चुनावीसभालाई सम्बोधन नै नगरी बोहराले वहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गरेका हुन् ।

बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरेका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् ।  बोहोरासँग २६ सय ४२ मतको अन्तरले गृहमन्त्री खाण पराजित भएका हुन् ।

गृहमन्त्री खाण पाँचदलीय गठबन्धनबाट नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार थिए भने बोहोरा एमाले, राप्रपा र जसपाबीचको तालमेलका साझा उम्मेदवार थिए ।

रुपन्देही क्षेत्र नम्बर ३ (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् भने ३ (१) मा लोसपाका सन्तोष पाण्डेले चुनाव जितेका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको