यी हुन् चुनाव जित्ने एमालेका १६ नयाँ अनुहार

काठमाडौँ — नेकपा एमालेका हालसम्म प्रतिनिधिसभामा निर्वाचित सांसदमध्ये १६ जना नयाँ अनुहार छन् । संसद्मा उनीहरू पहिलोपटक प्रवेश गर्न लागेका हुन् । हालसम्म सार्वजनिक भएको परिणाम अनुसार एमालेका ४२ उम्मेदवार निर्वाचित भएका छन् । जसमध्ये १६ जना पहिलो पटक सांसद बनेका हुन् ।

पहिलो पटक सफलता हासिल गर्ने सांसदहरूमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम-२ बाट पराजित गर्ने महेश बस्नेतदेखि कन्चनपुर-१ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरलाई पराजित गर्ने तारा लामासम्म छन् ।

त्यसैगरी उदयपुर-२ बाट अम्बरबहादुर रायमाझी, सोलुबाट मानवीर राई, सिराहा-१ बाट रामशंकर यादव, महोत्तरी-१ बाट लक्ष्मी कोइरी र बारा-१ बाट अच्युत मैनालीले पहिलो पटक संसद भवन छिर्ने अवसर पाएका हुन् । सो सूचीमा मकवानपुर-२ का महेश बर्तौला, ललितपुर-२ का प्रेमबहादुर महर्जन, कास्की-१ का मनबहादुर गुरुङ, कास्की-३ दामोदर पौडेल बैरागी, पाल्पा-१ का नारायण आचार्य, पाल्पा-२ का ठाकुर गैरे, रुपन्देही ५ का बासुदेव घिमिरे, प्यूठानका सूर्य थापा, बाँके-१ का सूर्य ढकालको नाम छ ।

उदयपुर २ का रायमाझीले गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । सोलुबाट विजयी मानबहादुर राईले एमालेलाई सोलुमा पहिलो जित दिलाएका हुन् । उनले कांग्रेसका बलबहादुर केसीलाई पराजित गरेका हुन् । २०४८ साल यताको कुनै पनि चुनावमा सो जिल्लामा एमालेले जित निकाल्न सकेको थिएन ।

सिराहामा रामशंकर यादवले कांग्रेसका पद्मनारायण चौधरीलाई पराजित गरेका हुन् । दुवैबीच २०५६ सालमा पनि प्रतिस्पर्धा भएको थियो । दुवै पराजित भएका थिए । यादव त्यस समयमा नेकपा मालेबाट उम्मेदवार थिए भने चौधरी कांग्रेसबाट। त्यसैगरी लक्ष्मी कोइरीले नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई हराएका हुन् । महोत्तरी-१ बाट पोखरेल लगातार ३ पटक विजयी भएका थिए । कोइरी मनोनयनको केही दिनअघि जसपाबाट एमालेमा प्रवेश गरेका नेता हुन् । त्यसैगरी एमालेका अच्युत मैनाली पहिलो पटक निर्वाचित भएका हुन् । कांग्रेसका उम्मेदवार खानेपानी मन्त्री रहेका उमाकान्त चौधरीले २०७४ सालको चुनावमा मैनालीलाई पराजित गरेका थिए । यसपटक चौधरीलाई मैनालीले हराए । त्यसैगरी पूर्व विद्यार्थी नेता महेश बर्तौला मकवानपुर-२ बाट निर्वाचित भए । बर्तौलाले एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरेका हुन् । ललितपुर-२ मा प्रेमबहादुर महर्जन हाम्रो नेपाली पार्टीका सुदन शाक्यलाई हराउँदै पहिलो पटक संसद बनेका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका निवर्तमान सांसद कृष्णलाल महर्जन चौथो स्थानमा रहे ।

कास्की-१ बाट एमालेका मनबहादुर गुरुङले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गर्दै पहिलो पटक सांसद बन्ने अवसर बनाएका हुन् । एमालेले तीनै स्थान जितेको कास्की-३ बाट दामोदर पौडेल बैरागी पनि पहिलो पटक निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रका रामजीप्रसाद बराललाई ५ हजार मतान्तरले पराजित गरे ।

कास्की जस्तै लुम्बिनी प्रदेशको पाल्पाका दुवै निर्वाचन क्षेत्रमा एमाले विजयी भयो । पाल्पा-१ बाट नारायण आचार्य र पाल्पा-२ बाट ठाकुर गैरे निर्वाचित भएका छन् । आचार्य र गैरे दुवै पहिलो पटक सांसद बनेका हुन् । आचार्यले कांग्रेसका ज्ञानबहादुर गाहालाई ११ हजार मतान्तरले पराजित गरेका थिए । पूर्व विद्यार्थी नेता ठाकुर गैरेले एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई करिब ४ हजार मतान्तरले पराजित गरे ।

रुपन्देही-५ बाट निर्वाचित बासुदेव घिमिरेले लगातार ३ पटक सांसद जितेका भरत शाहलाई पराजित गरेका हुन् । तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेको उम्मेदवारीको विषयमा अन्तिम समयसम्म अन्यौल बनेको थियो । एमालेले घिमिरेको स्थानमा खिमलाल भट्टराईलाई टिकट दिएपछि केही दिन अन्यौलको अवस्थामा रहेको थियो । निर्वाचन आयोगले भट्टराई नभइ एमालेका घिमिरेलाई मान्यता दिएको थियो ।

एमाले केन्द्रीय सदस्य सूर्य थापा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन् । थापाले ६ हजार मतान्तरमा पौडेललाई पराजित गरेका हुन् । पौडेल गठबन्धनको तर्फबाट उम्मेदवार थिइन् ।

बाँके-१ का सूर्य ढकाल र कञ्चनपुर-१ का तारा लामाले गठबन्धनकोतर्फबाट माओवादी केन्द्रका उम्मेदवारहरुलाई पराजित गरेका हुन् । ढकालले महेश्वरजंग गहतराजलाई करिब ६ हजार र लामाले बिना मगरलाई ५ हजार मतान्तरले पराजित गरेका हुन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेका ४२ जना उम्मेदवार विजयी भएका छन् भने एक जना अग्रस्थानमा रहेका छन् । सुनसरी-३ मा अग्रता कायम गरेकी भगवती चौधरीले जीत हासिल गरे उनी पहिलो पटक सांसद मात्रै बन्ने छिन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको