सुकुम्वासी बस्तीमा बालेनले डोजर चलाएपछि वामदेव गौतम आक्रोसित, दिए कडा प्रतिक्रिया

नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुकुम्वासी बस्तीमा डोजर चलाउने काम बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । घरबासबिहीन नागरिकलाई घरबासको व्यबस्था गर्न पनि उनले माग गरेका छन् ।

थापाथलीस्थित सुकुम्वासी बस्तीमा मंगलवार काठमाडौं महानगरले डोजर चलाएको विरोधमा बुधवार विज्ञप्ति जारी गर्दै गौतमले सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय काम भएको बताएका हुुन् ।

‘हिजो मंसिर १२ गते काठमाडौं महानगरपालिका प्रशासनले थापाथलीस्थित बागमती किनारामा बसेका सुकुम्बासी बस्तीमा घरबासको विकल्पविनै डोजर चलाएर त्यहाँ रहेका बासिन्दालाई चिहिलविहील बनाएको छ । नेपाल राष्ट्रभित्र यसरी बसोबास गर्ने सुकुम्वासीको संख्या २० लाखभन्दा धेरै रहेको छ । सुकुम्बासी समस्या राष्ट्रिय समस्या हो ।

अझ भन्ने हो भने यो समस्या संसारभरिको समस्या हो । विकसित मुलुकहरुमा पनि यो समस्या देख्न सकिन्छ’, गौतमले विज्ञप्तिमा भनेका छन्, ‘जबसम्म निशुल्क घरबास र रोजगारीको सुनिश्चितता गरिँदैन तबसम्म समाजमा यो समस्या सिर्जना भइरहने छ । नेपालको संविधानले समाजवादी समाजको परिकल्पना गरेको छ । समाजवादमा पुग्नका लागि सुकुम्वासी बस्तीमा डोजर लगाउनुपर्छ र ? यो अमानवीय कार्य हो र संविधानविरोधी काम पनि हो ।’

पूर्वउपपप्रधामनन्त्रीसमेत रहेका गौतमले स्थायी समाधान खोज्नुुको सट्टा डोजर लगाएर सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका घर झुपडी तहस–नहस पार्ने कुकर्म गरेको भन्दै सरकारप्रति आक्रोश जनाएका छन् ।

‘नेपाल सरकारसँग मिलेर यसको स्थायी समाधान खोज्नुुको सट्टा डोजर लगाएर सार्वभौम अधिकार सम्पन्न नेपाली जनताका घर झुपडी तहस–नहस पार्ने कुकर्म बहुलट्ठीपूर्ण रहेको छ । यस्तो खाले काम जस्ले गरे पनि विरोध र भत्सर्नायोग्य रहेको छ । म यस्तो कृयाकलापको विरोध र भत्र्सना पनि गर्दछु’, गौतमले भनेका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको