दोलखाको मतगणनापछि यी दुई पार्टीले गुमाए एक–एक सिट,कांग्रेस एमालेलाई फाइदा

दोलखाको विवादित मतदान केन्द्रमा पुन: मतदानपछि भएको गणनापछि समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक सिट गुमाएका छन् । त्यसको फाइदा नेपाली कांग्रेस र नेकपा एमालेलाई भएको छ । ती पार्टीले एक–एक सिट बढाएका छन् ।

हालसम्मको १ करोड ५ लाख ६० हजार ६७ सामानुपातिक तर्फको मतगणनामा हुँदा एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।

जसअनुसार एमालेले समानुपातिकमा ३४ सिट पाउने पक्का भएको छ । यस्तै २७ लाख १५ हजार २२५ समानुपातिक मत पाएको कांग्रेसले ३३ सिट पाउने निश्चित भएको छ ।

यस्तै ११ लाख ७५ हजार ६८४ मत पाउँदा समानुपातिकमा माओवादी केन्द्रले १४ सिट, ११ लाख ३० हजार ३३४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, ५ लाख ८८ हजार ८४९ मत पाउँदा राप्रपाले ७ सिट, ४ लाख २१ हजार ३१३ मत पाएर जनता समाजवादी पार्टीले ५ सिट र ३ लाख ९४ हजार ६५५ मत पाई जनमत पार्टीले ४ सिट पाउने भएको हो ।

अहिलेसम्म ७ दलले मात्र थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छन्। प्रत्यक्षतर्फ पनि सिट जितेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्डभन्दा मुनि समानुपातिक मत पाउने दलले सांसद निर्वाचित गर्न पाउँदैनन्। अहिलेसम्म माथि उल्लिखित सात दलले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्। राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकमा थ्रेसहोल्ड कटाउनुपर्छ।

गन्न बाँकी समानुपातिक मतबाट थप दलले थ्रेसहोल्ड कटाउने सम्भावना निकै कम छ। थ्रेसहोल्ड भेट्टाउन संघर्षरत नेकपा एकीकृत समाजवादीले पनि मत पुर्‍याउन निकै मुस्किल छ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको