सत्ता गठबन्धनबाट सभामुख को ?

अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेका बेला राज्यका महत्त्वपूर्ण पदहरुबारे कसरी भागबण्डा होला भन्ने आमचासो बढ्न थालेको छ । यसैक्रममा राष्ट्रपति र प्रधानमन्त्रीपछि सभामुख पदको समेत चर्चा सुरु भएको छ ।

दलहरुबीच शक्ति बाँडफाँड नभएपनि ती महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु पनि बढ्दै जान थालेका छन् । निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशम: राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक सहमति भएको भनिएपनि निर्वाचन परिणामले पहिलाको ‘सोलोडोलो’ सहमतिअनुसार पदहरु बाडफाँट हुने/नहुने निश्चित छैन ।

यही अनिश्चितताकाबीच प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुखमा कसले वाजी मार्ला भन्ने चासो बढेको हो । यही क्रममा आकांक्षी नेताहरुको दौडधुप समेत हुन थालेपछि विभिन्न अड्कलवाजी हुन थालेका छन् ।

नेताहरू बधाई साटासाटका नाममा एक अर्काबीच भेटघाट र सम्वाद बाक्लै भइरहेका छन् । सोही भेटघाट र संवादलाई लिएर कतिपयले पदका लागि दौडधुप बढाएको भन्नेसम्मका टिप्पणी गरेका छन् । यस्तोमा सभामुखका लागि सत्ता गठबन्धनका चार नेताको नाम चर्चामा आएको छ ।

कांग्रेसबाट अर्जुननरसिंह केसी, माओवादीबाट रेखा शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको नाम सभामुखका लागि चर्चामा ल्याइएका छन् ।

यद्यपि नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित केसीले आफूले पदका कुनै दौडधुप नगरेको बताउने गरेका छन् । त्यसैगरी माओवादीकी रेखा शर्मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेर दाङबाट सांसद निर्वाचित भएकी हुन् । यदि माओवादीले सभामुख समेत पाउने अवस्था आए शर्मालाई अघि सार्ने तयारी गरेको पार्टीभित्रै चर्चा छ ।

त्यस्तै समाजवादीका उपाध्यक्ष पाण्डे हाल वागमतीको मुख्यमन्त्री छन् । निर्वाचनमा उनी धादिङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

समाजवादीले सभामुख पद पाए उनै पाण्डेलाई अघि सार्ने बुझिएको छ । पाण्डेले अस्वीकार गरे सो पार्टीले विकल्पमा सल्यानबाट निर्वाचित ज्वालालाई भावी सभामुखका रुपमा पठाउने तयारी गरेको बताइएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको