पुस १० भित्र नयाँ सरकार, प्रधानमन्त्री को ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस १० गतेभित्र नयाँ सरकार बन्ने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपतिले दिएको समयभित्रै नयाँ सरकार बन्ने बताए।

उनले गठबन्धनभित्र छलफल गरेर प्रधानमन्त्री चयन गरिने बताएका छन्। ‘राष्ट्रपतिले समय दिएअनुसार ७ दिनभित्र नै नयाँ सरकार बन्छ,’ उनले भने, ‘को प्रधानमन्त्री बन्ने भन्ने विषयमा गठबन्धनभित्र छलफल चलिराखेको छ। हामी गठबन्धन बस्छौं र गठबन्धनबाट सजिलै निर्णय हुन्छ।’

तर उनले प्रधानमन्त्री बन्नेबारे भने आलोपालो समझदारी बनेको दाबी गरेका छन्। देशको नेतृत्व गर्ने अवसर पाएमा जिम्मेवारी लिने भने पनि आफूले औपचारिक रूपमा गठबन्धनमा प्रधानमन्त्री बन्नेबारे कुरा नराखिसकेको उनले बताए। ‘तपाईंहरूले सुनेजस्तो गठबन्धनभित्र औपचारिक दाबी गरिसकेको छैन,’ उनले भने।

मिलेसम्म गठबन्धनबाट नमिले एमालेसँग मिलेर तपाईं प्रधानमन्त्री बन्ने हो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै प्रचण्डले ‘त्यो कुरा जसरी प्रचार भएको छ त्यस्तो स्थिति होइन’ भन्ने जवाफ दिएका थिए।

निर्वाचनपछि सबै राजनीतिक दल र नेताहरूसँग छलफल हुनु स्वभाविक प्रक्रिया भएको उनले बताए। प्रधानमन्त्रीका लागि आफूले सबै कुरा दाउमा नराखेको पनि प्रचण्डको भनाइ थियो।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको