एमालेबाट अब को- को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कुन पार्टीबाट को मन्त्री बन्ने चर्चा सुरु भएको छ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ ।

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।

यी बाहेक एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी,अर्घाखाँचीका टोपबहादुर रायमाझी, झापाका देवराज घिमिरे, धनुषाका रघुवीर महासेठ र रुपन्देहीका छविलाल विश्वकर्मालाई मन्त्री बनाउने सूचीमा राखेको छ । यीमध्ये एक जना सभामुख बन्नेछन् ।

जसमा सभामुखको सम्भावना छविलाल विश्वकर्माको बढी छ । यद्यपि अध्यक्ष ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे केही शीर्ष नेतासँग सामान्य छलफल गरे पनि पार्टी कमिटीमा ठोस छलफल हुन बाँकी नै रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

‘अध्यक्षले समय पनि पाउनु भएको छैन । तर उहाँले लिएको निर्णयले मुलुकले निकास पाउँछ भन्ने देखिएको छ । यो राम्रो पक्ष हो’, शाक्यले भनिन्,‘अव बिस्तारै पार्टीमा पनि छलफल होला सबै सत्ता साझेदार दललाई मिलाएर लैजानु नै अहिलेको महत्त्वपूर्ण काम हो ।’

सत्ता गठबन्धनमा आबद्ध सात दलमध्ये राप्रपा र जसपा सरकारमा जाने नजाने निर्णय भैनसकेकाले उपप्रधानमन्त्री पाएकाबाहेक अन्य मन्त्रीको मन्त्रालय तोकिएको छैन । सोही कारण जनमतका अब्दुल खानको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तय भए पनि उनलाई समेत जिम्मेवारी तोकिएको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सकभर समानुपातिक सांसदलाई यो पटक मन्त्री नबनाउने नीति लिएका छन् ।

‘कठिन परिस्थितिमा भएको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लडेर प्रमुख प्रतिस्पर्धीलाई हराउन सफलहरूलाई नै प्राथमिकता दिनुपर्छ’, अध्यक्ष ओलीले आफू निकटकाहरुलाई भन्ने गरेका छन्, ‘त्यसो हुँदा यो पटक सकभर प्रत्यक्ष निर्वाचित सांसदले अवसर पाउन सक्छन् ।’

यदि अध्यक्ष ओली अन्तिम अवस्थासम्म पनि यही निर्णयमा अडिग रहे भने मन्त्री हुने तीव्र आकाङ्क्षा राखेका दोलखाका ईश्वरी विश्वकर्मा (रिजाल)को आकाङ्क्षा पुरा हुने देखिँदैन । तर दलितको समेत प्रतिनिधित्व हुनुपर्छ भनेर पार्टीबाट दबाब बढे र सचिव छविलाल विश्वकर्माले सभामुख र मन्त्रीमध्ये एक रोज्दा छविलाल नै ओलीको रोजाइमा पर्न सक्छन् । त्यस्तोमा छविलाल सभामुख र रिजाल मन्त्री बन्न पनि सक्छन् ।

सिफारिस

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका अवसरमा बिहीबार बुढानीलकण्ठ मन्दिरमा भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि पूजाअर्चना, दर्शन तथा व्रत पालनका लागि...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन...

भर्खरै

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

रास्वपा प्रतिनिधिले पाएको झोलाभित्र के छ ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय...

 सांसद लिम्बूमाथि कारबाही तयारी, यस्तो छ कारण

विराटनगर - जनता समाजवादी पार्टी, नेपाल ले कोशी प्रदेशसभा...

धेरै पढिएको