ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमे रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन्।
अर्कातिर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि घिमिरेले दिएकै साइतमा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही सरिसकेका छन्।
बूढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवाले धुम्बाराहीस्थित भाडाको घरमा आफ्नो अस्थायी डेरा बनाएका हुन्।
उनले भने ‘बूढानीलकण्ठको घर निर्माण सकिन ३–४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घरमा सरिरहेको हो ।’ देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने।
१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए । तर उनी तत्कालै बुढानीलकण्ठस्थित निवासमा सर्न सक्ने अवस्था नभएकाले भाडाको घर खोजिरहेका थिए ।
त्यसैले बालुवाटारबाट सर्न केही दिन लागेको सचिवालयको भनाइ छ । धुम्बाराहीमा खोजिएको भाडाको घरमा ४/५ वटा गाडी पार्किङमा अटाउन सक्ने ठाउँ छ ।
