मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, को-को बन्दै छन् मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री दाहालले बुधबारदेखि छलफल थालेका छन्।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दल र स्वतन्त्र गरी २६८ जना सांसदले विश्वासको मत दिएका थिए।

नेमकिपा र राष्ट्रिय जनमोर्चाका गरी २ जना सांसदले मात्रै विश्वासको मत दिएका थिएनन्। विश्वासको मत दिए पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलहरू प्रतिपक्षी भूमिकामा बस्ने बताइरहेका छन्।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार ७ दलबाटै मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन्। उनले बालकोट पुगेर बुधबार साँझ सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायतका विषयमा कुराकानी गरेका थिए।

प्रचण्ड गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले शपथ लिएका थिए। त्यसबेला ८ जना मन्त्री बनाए पनि केही मन्त्रीको जिम्मेवारी तोकिएको छैन।

‘मन्त्रिपरिषद विस्तारबारे उहाँले सत्ता साझेदार दलका नेताहरूसँग छलफल गर्नुहुन्छ। सत्ता साझेदार दलको बैठक पनि बस्छ। छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो।

प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उपप्रधानमन्त्री माग गरिरहेका छन्। राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय दाबी गरेको छ।

अहिले विष्णु पौडेल अर्थमन्त्री, नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र रवि लामिछाने गृहमन्त्री छन्। सरकारले न्यूनतम साझा कार्यक्रमसमेत ल्याइसकेको र प्रधानमन्त्रीले विश्वासको मतसमेत लिइसकेकोले अब छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने गरी प्रधानमन्त्रीले छलफललाई तीव्रता दिएका छन्।

यसबीचमा सातै प्रदेशमा मुख्यमन्त्रीसमेत नियुक्त भइसकेका छन्। सत्ता साझेदार दलहरूले भागबन्डा गरी मुख्यमन्त्री, प्रदेशका सभामुख, उपसभामुखलगायत पद लिएका थिए।

को-को छन् मन्त्री बन्ने चर्चामा ?
एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू रघुवीर महासेठ र टोपबहादुर रायमाझी मन्त्री बन्ने सम्भावना रहेको नेताहरूको भनाइ छ । गुरुङको नाम सभामुख पदका लागि पनि चर्चामा छ ।

सांसदहरू एलपी साँवा, देवराज घिमिरे वा भगवती चौधरीमध्ये एकलाई सरकारमा पठाउने सम्भावना रहेको नेताहरू बताउँछन् । पर्वतका पदम गिरी पनि अबको मन्त्रीका लागि बढी चर्चामा छन् ।

पार्टीका सचिव छविलाल विश्वकर्मा समेत मन्त्री बन्न सक्ने बताइन्छ । उनले भने सभामुखका लागि दाबी गरिरहेका छन् । उनी मन्त्री नबने पोलिटब्युरो सदस्य एवं स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले अवसर पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

त्यस्तै माओवादीबाट शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव , माधव सापकोटा, हितबहादुर तामाङ र सुदन किराती मन्त्री बन्ने सम्भावना छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको