एमालेबाट को–को बन्दैछन् मन्त्री ?

सरकारले विश्वासको मत पाएसँगै सत्तारुढ दलहरूबीच मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल सुरु भएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि न्यूनतम साझा कार्यक्रमका एजेण्डाहरू कार्यान्वय गर्ने र मन्त्रिपरिषद् विस्तार गरेर छिट्टै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ।

ओली निवास बालकोटमा भएको छलफल सरकारको भागबण्डाका विषयमा छलफल भएको स्रोतको भनाइ छ। सरकारमा धेरै दलहरूको सहभागिता रहेकाले मन्त्रालय भागबण्डामा प्रचण्ड र ओलीलाई हम्मेहम्मे परेको छ। मन्त्रालय भागबण्डासँगै सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ।

यही सन्दर्भमा एमाले अध्यक्ष ओलीले कांग्रेसले विश्वासको मत दिनुको कारणबारे प्रधानमन्त्री प्रचण्डसँग बुझेका थिए। ‘उहाँहरूबीच मन्त्रालय भागबण्डासँगै सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका विषयमा पनि छलफल भयो। कांग्रेसले विश्वासको मत किन दिएको भन्दै ओलीले प्रधानमन्त्रीसँग कारणसमेत सोधेका थिए,’ स्रोतले भन्यो। गठबन्धनको बैठक बसेर छिट्टै सरकारलाई पूर्णता दिने विषयमा दुई नेता एकमत भएका थिए।

सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा (एमाले)बाट चार मन्त्री नियुक्त भइसकेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् । एमालेका नेताहरू दामोदर भण्डारी, ज्वालाकुमारी शाह र राजेन्द्रकुमार राई पनि मन्त्रीमा नियुक्त भइसकेका छन् । बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका उनीहरूको मन्त्रालय टुंगो लाग्न बाँकी छ ।

अब एमालेबाट को–को मन्त्री हुनेछन् भन्ने निर्णय भइसकेको छैन । एमाले उपमहासचिव विष्णु रिमाल मन्त्रालयको टुंगो लागेपछि मन्त्रीका लागि मापदण्ड बनाइने बताउँछन् । उनका अनुसार केही नयाँ अनुहारले अवसर पाउनेछन् । केही पुरानै अनुहार दोहोरिनेछन् ।

महत्त्वपूर्ण मन्त्रालय पाएमा पदाधिकारी नै मन्त्री बन्न सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू रघुवीर महासेठ र टोपबहादुर रायमाझी मन्त्री बन्ने सम्भावना रहेको नेताहरूको भनाइ छ । गुरुङको नाम सभामुख पदका लागि पनि चर्चामा छ ।

सांसदहरू एलपी साँवा, देवराज घिमिरे वा भगवती चौधरीमध्ये एकलाई सरकारमा पठाउने सम्भावना रहेको नेताहरू बताउँछन् । पर्वतका पदम गिरी पनि अबको मन्त्रीका लागि बढी चर्चामा छन् ।

पार्टीका सचिव छविलाल विश्वकर्मा समेत मन्त्री बन्न सक्ने बताइन्छ । उनले भने सभामुखका लागि दाबी गरिरहेका छन् । उनी मन्त्री नबने पोलिटब्युरो सदस्य एवं स्कुल विभागका उपप्रमुख ईश्वरी रिजालले अवसर पाउने सम्भावना रहेको नेताहरूको भनाइ छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको