माओवादीबाट मन्त्रीका लागि ७ जनाको नाम सिफारिस

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार विश्वासको मत लिँदै छन् । कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने समयसम्म साथमा रहेको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आलोपालो नभए सरकारमा सहभागी नहुने घोषणा गर्‍यो । यसबाट मुख्यमन्त्री कार्कीलाई केही सकस भएपनि अन्ततः माओवादी पनि सरकारमा सहभागी हुने भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले आलोपालो मुख्यमन्त्रीको विषयमा केन्द्रले निर्णय गरेकाले आफूहरू प्रदेश सरकारमा सहभागी हुन तयार रहेको जनाएका छन् । माओवादीमा क–कसलाई मन्त्रीपरिद्षमा लैजाने भन्ने टुंगो लगाउन पार्टीले तीन नेतालाई जिम्मेवारीसमेत दिएको थियो ।

बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेता सहभागी बैठकले प्रदेश सरकारमा जाने निर्णय गरेको छ । प्रदेशका इन्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) बैठकमा सहभागी थिए ।

बैठकले माओवादीबाट मन्त्री बन्न इच्छुक सातैजनाको नाम सिफारिस गरेको छ । बैठकका सहभागी पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले भने, “सातजनाको नाम सिफारि गरेका छौँ ।”

मन्त्रीका लागि संखुवासभाका राजेन्द्र कार्की, तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, मोरङका गणेश उप्रेती, मोरङकै जीवन आचार्य, उदयपुरका राजेन्द्र किराँती, नारायण बुर्जा मगर र सोलुखुम्बुका गोम्बु शेर्पा सिफारिसमा परेका छन् ।

प्रदेश कमिटी बैठकले तय गरेको प्राथमिकता र मापदण्डको आधारमा मन्त्रीहरूको छनौट गर्ने जिम्मा तीन नेतालाई दिइएको बताइएको छ ।

माओवादीले तय गरेको साविकको लिम्बुवान, कोचिला र किराँत राज्यबाट एक–एक जना पर्ने मन्त्री बनाउन सिफारिस गरिएको जनाइएको छ । प्रदेश सरकारमा माओवादीले कम्तीमा तीन मन्त्रालय दाबी गरिरहेको छ । माओवादी केन्द्र शुक्रबार सरकारमा सामेल हुनेछ ।

माओवादीबाट दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्रीका दाबेदार थिए । प्रदेश सरकारमा राप्रपा र जसपा पनि साथै छन् । यसअघि मुख्यमन्त्री कार्कीले माओवादीकै विरोधका कारण तीन विभागीय मन्त्री नियुक्त गरेका थिए । माओवादी केन्द्र सरकारमा सामेल हुने भएसँगै मुख्यमन्त्री कार्कीले अब ६० जना प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गर्ने देखिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको