माओवादीले पाउने मन्त्रालय टुंगो लाग्यो, को- को बन्दैछन् मन्त्री ?

नेकपा माओवादी केन्द्रले पाँचवटा मन्त्रालय पाउने पक्का भएको छ । बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भएको लन्च मिटिङमा माओवादीसहित सरकारमा सहभागी हुने दलले पाउने मन्त्रालयको भागवण्डामा सहमति जुटेको हो ।

सहमतिसँगै माओवादी केन्द्रले पाँच मन्त्रालय पाउने टुंगो लागेको प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले जनाएको छ । माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन् । अब माओवादीले चार जनालाई मन्त्री बनाउने छ ।

माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने पक्का भएको छ । बाँकी तीन मन्त्रालयको भने टुंगो लागेको छैन । माओवादी केन्द्रबाट दाङ २ बाट निर्वाचित सांसद रेखा शर्मा सञ्चारमन्त्री बन्ने लगभग पक्का भएको छ । तर, सञ्चार मन्त्रालयमा सुदन किराँतीले पनि दाबी गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार माओवादी केन्द्रबाट अमनलाल मोदी र महिन्द्रराय यादव मन्त्री बन्नेछन् । ‘सञ्चारमन्त्री रेखा हुने पक्काजस्तै छ । तर, किराँतीको पनि दाबी छ,’ एक नेताले भने, ‘ चार मन्त्रीमध्ये तीन जना माओवादी र एक जना बाबुराम भट्टराईले नेतृत्व गरेको नेसपाका महिन्द्रराय यादव बन्नेछन् ।’

स्रोतका अनुसार सञ्चार मन्त्रालय नपाउने अवस्थामा किराँतीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइनेछ ।मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दैछ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको