बागमती प्रदेशमा एमाले र माओवादीबाट को–को बने मन्त्री?

बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ। ११ मन्त्रालय रहनेगरी सरकारलाई पूर्णता दिन लागेको बागमतीमा सत्ता गठबन्धनमा रहेका तीन दल एमाले, माओवादी र राप्रपाको सरकार निर्माण गर्न लागेको हो।

एमालेको भागमा ४, माओवादीको भागमा ४ र राप्रपाको भागमा ३ मन्त्रालय परेको प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले जानकारी दिए।

आज विस्तार हुने मन्त्रिपरिषद्मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट बन्ने मन्त्रीको नाम टुंगो लगाएको छ।

जसमध्ये एमालेले मकवानपुरका एकालाल श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्री, ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ मन्त्री, काठमाडौंका केशब पोख्रेल कृषी तथा पशुपक्षी विकास मन्त्रीको जिम्मेवारी पाउने भएका छन् भने यसअघि नै चितवनका जगन्नथा थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा पदभार ग्रहण गरिसकेका छन्।

त्यस्तै, माओवादी केन्द्रले पनि आफ्नो पार्टीबाट ४ मन्त्रीको नाम टुंगो लगाइसकेको छ। जसमध्ये निर्वतमान सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई पुन सामजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

यस्तै, सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन् भने सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

माओवादीका शालिकराम जम्मकट्टेलले यस अघि नै प्रदेशको मुख्यमन्त्रीको पदभार ग्रहण गरिसकेका छन्।

यता बागमतीमा ३ मन्त्रालाय पाउने राप्रपाले भने अझै नाम टुंगो लगाउन सकेको छैन। यसअघि नै राप्रपाबाट उद्धव थापा बिना विभागीय मन्त्री बनेका छन्। थापाले पनि आज मन्त्रालयको जिम्मेवारी पाउने छन्।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको