अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : एनएफपिजेले दुई महिला फोटो पत्रकारलाई सम्मान गर्ने

राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले दुई जना महिला फोटो पत्रकारलाई सम्मान गर्ने घाेषणा गरेकाे छ ।

फोटो पत्रकार उषा तितिक्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरिएको एनएफपिजे अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एनएफपिजे केन्द्रीय समिति बैठकले तितिक्षु र श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरी सम्मानपत्र प्रदान गरिने जनाइएकाे छ ।

को हुन् फोटोपत्रकार उषा तितिक्षु ?
२०४६ सालदेखि निरन्तर फोटोग्राफी सँगै फोटोपत्रकारितामा सक्रिय नेपालकै पहिलो महिला स्वतन्त्र फोटो पत्रकार हुन उषा तितिक्षु । उनी पाल्पा तानसेनमा मध्यमवर्गीय परिवारमा जन्मिएकी तिवारी । फोटोग्राफीमा चाहिँ उनले पाइला अञ्जानअञ्जानमै टेकेको देखिन्छ । उनको परिवारमा बुबाआमा नै फोटोका सोखिन थिए । जागिरे बुबाले बेलाबखत स्टुडियोमा गएर परिवारको फोटो खिचाउँथे । तौलिहवामा हुँदा बुबाले स्टुडियोको फोटोग्राफरलाई ल्याएर फोटो खिचाएको उनी सम्झिन्छिन् । व्यावसायिक फोटोग्राफर वा पत्रकार उषाको परिवारमा कोही थिएन ।

कान्तिपुर, द काठमाडौं पोस्ट, हिमाल खबर, मूल्याङ्कन, युगसंवाद, दृष्टि, अस्मितालगायत थुप्रै पत्रिकाले उनले खिचोका तस्वीर छापेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेको बखत उनले खिचेका केही तस्वीरको चर्चा विदेशमा पनि भयो । बहुदलपछि देशमा भएका महत्त्वपूर्ण राजनीतिक घटना, परिघटनालाई क्यामेरामा कैद गर्न सफल हुनु भएको थियो ।
३३ वर्ष भइसक्यो, उषाले क्यामेराको लेन्सलाई अगाडि पारेर दौडिएको । ५१ वर्षीया उनको प्रण छ, हातगोडाले काम गरेसम्म क्यामेरा नबिसाउने । हाल उनी फोटो पत्रकारिता सँगसँगै अपाङ्गता भएका, मानव बेचबिखनबाट प्रभावित, यौनिक लैङ्गिक समुदाय, भेदभावमा परेका व्यक्तिहरुको एवं द्वन्द्वप्रभावित व्यक्तिहरूको अधिकारको पक्षमा उनी वकालत गरिरहेकी छिन् ।

को हुन् फोटोपत्रकार पूर्णिमा श्रेष्ठ ?
गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा श्रेष्ठ। भीमोदय मावि आरुघाटबाट एसएलसी गरेकी उनले सिटिजन इन्टरगेट कलेजबाट पत्रकारितामा स्नातक गरेकी छिन् ।

एक दशक देखि फोटोपत्रकरितामा सक्रिय पुर्णिमा कारोबार राष्ट्रिय आर्थिक दैनिक, न्यूयोर्क टाइम्स लगायत विभिन्न विदेशी मिडियामा आबद्ध रहेको अनुभव छ ।

श्रेष्ठले आफ्नो सगरमाथा आरोहण काे क्रममा सगरमाथा आधार शिविरमा फोटो प्रदर्शनीको गर्नु काे साथै नेपालतर्फबाट गरिने आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला बन्दै कीर्तिमान कायमसमेत गरेकी छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको