महेश बस्नेतलाई भेट्न भक्तपुरको गुण्डु पुगे मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई उनकै गाउँ गुण्डु पुगेर भेटेका छन्।

आफ्नो सचिवालयका केही सदस्यसहित गुण्डु पुगेका शाह र बस्नेतबीच विगतका असमझदारी टुंग्याएर सहकार्य गर्दै अघि बढ्ने सहमति भएको बताइएको छ।

बस्नेतले शाहसँग आगामी दिनमा विकासका एजेन्डामा मिलेर काम गर्दै जाने समझदारी भएको जानकारी नेपालखबरलाई दिए। बालेन्द्र बस्नेतको घरमै पुगेपछि त्यस क्षेत्रमा भएको विकासका कामको समेत अवलोकन गरेका थिए।

‘अब हामीबीच असमझदारी सकिएको छ’, बस्नेतले भने, ‘असमझदारी हटाएर सहकार्य गरेर जाने कुरा भयो। मेरो गुण्डु घरमा आएपछि सँगै खाना खाएर बिदा गरेँ।’

शाहले त्यसक्रममा सकारात्मक काममा सह्योग र सहकार्य गर्न आफू सदैव तयार रहेको बताएका थिए।

यसअघि २०७८ भदौ १९ मा एमाले सांसद रहेका बस्नेतले काठमाडौँ महानगरका मेयर शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका थिए। उनले त्यसबेला डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप पनि लगाएका थिए।

‘जनतालाई दुःख दिने काम नगरौँ भन्ने मेरो आग्रह हो, गर्नुहुन्छ भने त मेरो के लाग्छ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु। भक्तपुर गएर सिक्नुस्,’ बस्नेतले रिपोर्टर्स क्लबमा भनेका थिए, ‘नक्सापास नभएको भन्ने आधारमा डोजर चलाउन पाइँदैन।’

नक्सापासको अवधारणा भूकम्पपछि मात्र आएको उनको दाबी थियो। ‘उपत्यकाका १८ जना मेयरले नक्सा पास नभएका सबै घर डोजर लगाएर भत्काउने हो भने उपत्यका बस्नलायक रहँदैन,’ उनले भनेका थिए।

त्यसयता लामो समय बस्नेतले शाहको आलोचनामा आफूलाई उतार्दै आएका थिए। शाहले चलाएको डोजर अभियानविरुद्ध खरो उत्रिएका बस्नेतले गत मंसिर ४ को चुनाव पनि हारे।

कांग्रेस नेता दुर्लभ थापासँग उनको पराजयको एक कारण बालेनको आलोचनालाई पनि भनिएको थियो। बालेनको आलोचनाकै कारण उनलाई युवा पुस्ताले भोट नदिएको बताइएको थियो।

तर अहिले आएर दुवैजना सम्बन्ध सुधारमा सक्रिय भएका हुन्। बस्नेतले आफ्नो चुनाव क्षेत्रसहित भक्तपुरमा सडकसहितका पूर्वाधारमा नमूना काम गरेको भन्दै प्रशंसा हुने गर‍ेको छ। यस्तोमा मेयर शाह उनकै घर पुगेर त्यहाँको विकास निर्माणको पनि अवलोकन गरेका हुन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको