बौद्धमा खुल्यो ‘सिएमएस फिजियोथेरापी सेन्टर’

काठमाडौं – बौद्ध टुसालमा ‘सिएमएस फिजिथेरापी सेन्टर’को सञ्चालनमा ल्याएको छ । विशेष गरी स्पोर्टस इन्जुरीलाई आर्कषण गर्ने उदेश्यका साथ शनिबार सेन्टरको उद्दघाटन गरी सञ्चालनमा ल्याएको हो ।

सेन्टरको उद्दघाटन चर्चित खेलाडी राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले गरेका थिए । कार्यक्रममा राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुण शाही, सदस्य पुनम चन्द, कामना विष्टको उपस्थिती रहेको थियो ।

सञ्चालक तथा सिनियर फिजियोथेरापिस्ट बिकास श्रेष्ठले सेन्टरमा नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार सम्बन्धीे समस्या वा क्षतिलाई व्याम तथा आधुनिक विद्युतीय उपकरणबाट उपचार गरिने बताए ।

उनले भनिन्,‘हाडजोर्नी सम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी, खेलकुदसँग सम्बन्धित स्पोर्ट्स फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी, वृद्धवृद्धासँग सम्बन्धित जेरियाट्रिक र बालबालिकासँग सम्बन्धित पेडियाट्रिक गरी विभिन्न किसिमका थेरापी सेवा दिनेछौँ । ’ सेन्टरले उद्दघाटनको अवसरमा सात दिन विशेष छुट दिने समेत जानकारी दिईन् ।

थेरापीले उपचारपछि नकारात्मक असर (साइड इफेक्ट) नहुने, बिरामीको शारीरिक क्षमतामा वृद्धि हुने, दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन मद्दत गर्ने, स्वास्थ्य व्यक्तिलाई शारीरिक समस्या आउन नदिन लगायतको फाइदा हुने समेत जानकारी दिईन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको