आज मन्त्रिपरिषद बिस्तार गर्दै प्रधानमन्त्री, कसको भागमा कुन मन्त्रालय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री दाहालले बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि बैठक गरेका थिए।

उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बिहीबार नै सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए।

कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय लिने सहमति बनेको थियो।

सोहीअनुसार दलहरूले मन्त्री हुनेहरूको नामबारे पार्टीभित्र आन्तरिक छलफल गरी लगभग टुंगोसमेत लगाइसकेका छन्। पार्टीहरूले आज नाम दिएमा आजै मन्त्रिपरिषद बिस्तार र शपथसमेत हुनेछ।

त्यही अनुरूप कांग्रेसले ८ जनाको नाम लगभग टुंग्याएको हो। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश रिजाल, धनराज गुरूङ, एनपी साउद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने भएका छन्।

धनराज गुरूङ सामान्य प्रशासन मन्त्री, एनपी साउद सहरी विकास मन्त्री, सीता गुरूङ भूमि व्यवस्था मन्त्री, डिगबहादुर लिम्बू न्याय, कानून तथा संसदीय मामिला मन्त्री, प्रकाशशरण महत अर्थमन्त्री र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कांग्रेसको तयारी रहेको एक नेताले जानकारी दिए।

खड्का र रिजालको मन्त्रालय भने टुंगिसकेको छैन। उपसभापति खड्काले मन्त्री हुनेहरूको नाम पार्टीका तर्फबाट औपचारिक रूपमा टुंगो लागिनसकेको बताएका छन्। अरू दलले भने मन्त्री बन्नेको नाम टुंग्याइसकेका छैनन्। जनता समाजवादी पार्टीले शिक्षा र वन मन्त्रालय पाउने भएको छ।

जनमतले उद्योग मन्त्रालय पाउने भएको छ। नेकपा एसको भने भौतिकबाहेक मन्त्रालय टुंगिएको छैन। एसबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्दै छन्। संख्या तय भए पनि मन्त्रालय फरक पर्न सक्ने प्रधानमन्त्री सचिवालयको भनाइ छ।

प्रधानमन्त्री दाहालले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। प्रधानमन्त्रीले लामो समयदेखि १६ मन्त्रालय आफैँले हेर्दै आएका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको