गाेकर्णेश्वर नगरपालिकाकाे आयाेजना तथा जाेरपाटी उसु क्वानकाे प्राविधिक संयाेजकत्वमा आयाेजित दाेस्राे उपत्यका ब्यापी जुनियर उसु प्रतियोगितामा सम्पन्न भएकाे छ।
उपत्यकाका १९ उसु क्वानका १ सय पचास खेलाडी सहभागी उक्त प्रतियाेगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि गाेकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिमालले पदक तथा प्रमाण पत्र हस्तान्तरण गरे ।
१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएकाे यस प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित बुद्ध प्रकाश उसु क्वान टिम च्याम्पियन हुँदा ५ स्वर्ण,१ रजत र ३ कास्यसहित काठमाडौ उसु क्वान दाेस्राे र २ स्वर्ण, ६ रजत र ४ कास्य सहित किण्डर गार्टेन उसु क्वान तेस्राे भएकाे र च्याम्पियन टिमहरुलाई गाेकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद समितिका अध्यक्ष संजय लामाज्युले ट्रफि सहित विजेता टिमलाई शुभकामना प्रदान गर्नु भएकाे जानकारी प्रतियोगिताका प्राविधिक संयाेजक शैलेन्द्र श्रेष्ठले दिए।

यस प्रतियोगितामा थाउलु बिधा तर्फ बुद्ध प्रकाश उसु क्वानकी लक्ष्मी तामाङ उत्कृष्ट महिला थाउलु खेलाडी तथा किण्डर गार्टेनका सुमन तामाङ उत्कृष्ट पुरुष थाउलु खेलाडी साथै बुद्ध प्रकाश उसु क्वानकै सन्जीता ग्लानले उत्कृष्ट महिला सान्साै खेलाडी र काठमाडौं उसु क्वानका प्रकिल महर्जनले उत्कृष्ट पुरुष सान्साै खेलाडीकाे उपाधी हात पार्न सफल भएकाे यस प्रतियोगिताका संयाेजक नारायण श्रेष्ठले बताए । उत्कृष्ट दुबै विधाका खेलाडीहरुलाई उसु खेलका मुख्य प्रशिक्षक अमर कुमार थिङ्गले ट्रफि सहित बधाई तथा शुभकामना प्रदान गरे।
