एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि, के- के छन् एजेन्डा ?

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (वैशाख २८ गते) सुरु हुँदै छ। तीन दिनसम्म चल्ने बैठक पार्टीको केन्द्रीय कार्यालय (च्यासल) मा बिहान ११ बजे सुरु गर्ने तयारी रहेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार बैठकको मूल एजेन्डा पार्टीले देशभर २ महिनासम्म सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा हो।

‘यस्तै सचिवालय बैठकका निर्णय अनुमोदन, भ्रष्टाचारको विषय पनि अलि उठ्छ, एउटा प्रस्ताव पारित हुन्छ’, उनले भने। नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई भने एमालेले बुधबारै सचिव पदबाट निलम्बन गरिसकेको छ।

बैठकको पहिलो दिन आज मूलतः सातवटा भौगोलिक प्रदेश र २ गैरभौगोलिक प्रदेशको प्रतिवेदन पेस हुने तामाङले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा गत मंगलबार पार्टी केन्द्रीय कार्यालयमै बसेको एमाले सचिवालय बैठकले तय गरेको थियो।

वैशाख ३० गतेसम्म चल्ने केन्द्रीय कमिटीको बैठकमा अनुशासन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटीमा प्रतिवेदनसहित आफ्ना कुरा राख्ने, प्रदेशको वार्षिक कार्ययोजना निर्माण, केन्द्रीय कमिटीका सदस्यहरूलाई वर्षको एकपटक फरक भूगोलमा खटाउनेलगायत एजेन्डा छन्।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकमा १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ।

बैठकमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुनेछन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको