तीन दल बैठकमा के- के भयो सहमति ?

तीन ठूला दलका नेताहरुको बैठकले संसदीय सुनुवाइ समितिको नेतृत्वमा सहमति जुटाएका छन्। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले समितिको नेतृत्वमा सहमति जुटाएका हुन्।

बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाइ समितिको नेतृत्वको तय गरेको बताए। तर यसबारे विस्तृत विवरण उनले खुलाएनन्।

यो बैठकले अन्य संसदीय समितिका सभापतिहरुमा पनि सहमति जुटाएको उनले बताएका छन्।

‘तीन दलबीच संसदीय सुनुवाइ समिति र अन्य समितिको नेतृत्वमा करिब सहमति जुटेको छ’, उनले भने, ‘अब कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरुको नामलाई अन्तिम रुप दिनेछ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसदीय सुनुवाइ समितिको नेतृत्व तय गरिएको बताएका छन्। उनका अनुसार अन्य संसदीय समितिका सभापतिहरुको नामको टुंगो आजै बस्ने कार्यव्यवस्था परामर्श समितिले गर्नेछ।

यो बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, दलका उननेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी थिए।

त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी थिए।

यसअघि सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउन दलहरूलाई आग्रह गरेका थिए।

उनले साताअघिको आइतबार बिहान संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउन दलहरूलाई आग्रह गरेका थिए। तर साता बित्दा पनि दलहरुले सहमति जुटाउन सकेका थिएनन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको