जेलबाट छुटेपछि रेशम चौधरीले दिए यस्तो प्रतिक्रिया

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू निर्दोष रहेको बताउँदै दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चौधरीले डिल्लीबजार कारागारबाहिर सञ्चारकर्मीसँगको संवादमा यस्तो बताएका हुन्।

उनले भने, ‘कसैले कसैलाई आरोप लगाएर हुँदैन। हामी सबैले बेदना साँटासाँट गरेर अघि बढ्नुपर्छ। असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ।’

उनले टीकापुर काण्डमा जेलमा रहेका अन्य राजबन्दीलाई पनि छिट्टै रिहा गर्नेगरी प्रक्रिया चाल्ने बताए।

सुदूरपश्चिम सरकारमा पहिले दलहरू मुख्यमन्त्री दिन तयार रहेकोमा अहिले एउटा मन्त्रीमा खुम्चाउन खोजेको बारे सोधिएको प्रश्नमा उनले त्यस्तै कारणले हिजो टीकापुर विद्रोह भएको बताए। यस्तै संकीर्णताका कारण अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच द्वन्द्व भएको बताउँदै उनले फेरि सिंगो समुदायमाथि घात हुननहुने भनाइ उनको थियो।

उनले नेपाली कांग्रेसलाई उन्मुक्तिले पश्चिमबाट सहयोग गरेको बताए। आफ्नै सहयोगका कारण कांग्रेस र मा‌ओवादी सरकारमा पुगेको दाबी उनले गरे। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबीच आफूहरूसँग भएको सहमतिअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।

नागरिक उन्मुक्ति पार्टीले मागेको २ मन्त्री र एक राज्यमन्त्री छिट्टै दिनेमा आफू विश्वस्त रहेको पनि उनले बताए।

यसैगरी टीकापुर घटनाबारे लाल आयोगले बनाएको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएको पनि उनले बताएका छन्। सर्वोच्च अदालतको आदेशलाई मानेर आफूहरू जेल बसेको र कानून मानेको भए पनि सरकारले गठन गरेकै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने उनले बताए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको