थाहा नगरपालिका: आफूखुसी कर्मचारी बढुवा, आफ्नो भत्ता आफै बढाए, सल्लाहकारलाई साढे तीन लाख खर्च

मकवानपुरको थाहा नगरपालिकाले आपूmखुसी कर्मचारी बढुवा गरेको खुलेको छ । नगरपालिकाले प्रदेश लोक सेवा आयोगको परामर्शबिना नै कर्मचारी बढुवा गरी सेवासुविधा प्रदान गर्दै आएको हो ।

लोकसेवा आयोग बागमती प्रदेशको चलानी नं. ४१२, प. संं ०७८।७९ ले यसरी गरिएको बढुवा बदरभागी हुने ठहर गरेको छ । अनौठो त के छ भने यसरी बढुवा भएका कर्मचारीलाई नगरपालिकाले नियमित तलव भत्ता र आकर्षक सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यसैबीच नगरपालिकाले सल्लाहकारको नाममा मोटो रकम खर्च गरेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नगर प्रमुख र उप प्रमुखले कानूनी तथा राजनैतिक सल्लाहकारको नाममा ३ लाख ३६ हजार रुपैंया खर्च गरेको उल्लेख गरेको छ । त्यसो त नगरपालिकाको गतिविधि ढाकछोपका लागि आधा दर्जन कार्यकर्तालाई जागिर दिएको आरोप लागिरहेका बखत महालेखाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । नगरपालिकाले प्रेस सल्लाहकार समेत नियुक्त गरेर अन्य शिर्षकमा मासिक तलव भत्ता वितरण गर्दै आएको छ ।

बागमती प्रदेश अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ मा नगर प्रमुख तथा उप प्रमुखले स्वकिय सचिव सल्लाहकार राख्न पाउने व्यवस्था गरेको छैन ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदभुर्ती गर्न नहुने उल्ल्ेख छ । नगरपालिकाले संघीय तथा प्रदेशको ऐन कानूनको ठाडो उल्लंघन गर्दै आपूmखुसी काम कारवाही संचालन गर्दै आएको छ ।

नगरपालिकाले आप्mना कर्मचारीहरुलाई मनलाग्दी ढंगले भत्ता वितरण गरेको देखिन्छ । आप्mनो हातको डाडुपन्युको दुरुपयोग गर्दै नगरपालिकाले कानून विपरित प्रोत्साहन भत्ता वितरण गर्दै आएको हो । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८६ मा स्थानीय सेवाको शर्त तथा सुविधा सम्बन्त्री आधारभूत सिद्धान्त र मापदण्ड संघीय कानून बमोजिम हुने तथा दफा ८८ मा स्थानीय सेवाका कर्मचारीको शुरु तलव स्केल प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था छ । तर नगरपालिकाले आप्mना कर्मचारीलाई मासिक तलवकै आधारमा भत्ता बाँडेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै नगरपालिकाले नगरपालिका, वडा तथा स्वास्थ्य तर्पmका करार कर्मचारीलाई एक लाख ८ हजार रुपैंया महंगी भत्ता वितरण गरेको पाइएको छ । यस किसिमको भुक्तानी नियमानुसार नभएको महालेखाको ठहर छ । संघीय, प्रदेश र स्थानीय तहको कानून अनुसार मात्रै यस्तो भत्ता वितरण गर्नुपर्ने हुन्छ ।

नगरपालिकाले मापदण्ड विपरित भत्ता भुक्तानी गरेको समेत देखिएको छ । अर्थ मन्त्रालय कार्य संचालन निर्देशिका २०७५ अनुसार भत्ता भुक्तानी गर्दा विभिन्न ६ वटा मापदण्ड पालना गर्नुपर्छ । तर नगरपालिकाले यो मापदण्ड विपरित ४० हजार ८ सय रुपैंया भत्ता वितरण गरेको पाइएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको