बालेनको निर्णयविरुद्ध सांसद सापकोटा – जडिबुटिबाटै बसपार्क सञ्चालन गर्न माग

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुटिबाटै बसपार्क सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा धारणा राख्दै सांसद सापकोटाले काठमाडौं पूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछाप लगायतका १३ जिल्लाका लागि जडिबुटिबाटै बस सञ्चालन हुनु पर्ने बताएका हुन्।

सम्बोधनका क्रममा उनले भने ‘लामो समयदेखि यात्रुरुहरुलाई सेवा दिइरहेका पूर्व अरनिको यातायात पहिले रत्नपाकस्थित पुरानो बसपार्कबाट सेवा दिइरहेको थियो,। ०७३ सालदेखि त्यहाँ महानगरको टावर निर्माण भइरहेको छ, केही समय टुँडीखेलमा बसपार्क सर्यो, अहिले ती बसलाई कतै पार्क छैन। यात्रु र मजदुरलाई निकै हैरानी छ।’

उनले हालै काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने यातायातलाई गोंगबुबाटै सेवा सञ्चालन गर्न गरेको सूचना अव्यवहारिक भएको बताए।

उनले भने, ‘यातायात समितिले महानगरका मेयर समेतको परामर्शमा आफ्नै पहलमा जडीबुटीमा बसपार्क निर्माण र सञ्चालनको तयारी गरिरहँदा हालै काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रुबसले आगामी असार १ गतेदेखि गोङ्गबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडिबुटीदेखि गोंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ। टिकट काट्न पनि त्यहीं पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ।’

सांसद सापकोटाले जडिबुटीमा आएका बस गोंगबु पुग्नै पर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धीत मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

‘जडिबुटीमा आएका बस गोंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडिबुडी बसपार्क यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन म सभामुखमार्फत् सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको