काठमाडौं – प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनलाई इमर्जेन्सीमा लगिएको अस्पताल स्रोतले जनाएको छ। । सीता लामो समयदेिख पीएसपी नामको एक दुर्लभ रोगबाट पीडित छिन् ।
यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ ।
सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएको थियो। यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ।
मानिस हिँड्न, बोल्न र निल्न सक्तैन। यस्तो रोग देखिएपछि प्रचण्डले सीतालाई ४ असार २०७५ मा सिंगापुर लगिएको थियो। सुधार नभएपछि फेरि सोही वर्षको चैत ३ गते अमेरिका लगेर जोन्स हप्किन्स अस्पतालमा उपचार भएको थियो।
त्यसपछि, २०७६ पुस ४ मा भारतको हरिद्वार लगेर बाबा रामदेवबाट पनि उपचारको कोसिस गरे। २०७७ पुस २० मा भारतको मुम्बई लगिएको थियो।
सीताको रोग निको हुने अपेक्षामा प्रचण्डले उनलाई म्याग्दीको तातोपानी कुण्डमा लगेर पनि स्नान गराए। पछिल्लो समय उनलाई बालुवाटारमा चिकित्सकहरूको निगरानीमा राखिएको थियो।
