अजय लेन्सम्यान।
ललितपुर- ललितपुरको लगनखेलमा क्याम्पियन स्कूलले रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसात् गर्दै विश्व रक्तदान दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
बुधबार ललितपुर महानगरपालिका वडा नं ५ को सहकार्यमा आयोजना गरिएको कार्यक्रममा १ सय जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
उक्त रक्तदान कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, क्याम्पियन स्कूल प्रधानाध्यापक एमआर सुनिल प्रधान लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताए । मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले रक्तदानको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।


