काठमाडौं- अवैध सट्टेबाजी खेलाएको आरोपमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् ।
उनहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। पक्राउ परेको अन्य व्यक्तिको म्याद थप गरेपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्ने/खेलाउने गरेको र सट्टेबाजीको विज्ञापन खेलेको आरोप लागेको छ। प्रहरीले बुधबार यससँग सम्बन्धी आरोपमा अन्य ५ जनलाई पक्राउ गरेको छ। पाँच जनाबाट ७४ करोडको कारोबार भएको देखिएको छ।
