विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो अभ्यास खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । जिम्बाब्वेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २६८ रनको लक्ष्य पाएको थियो ।
कुशल भुर्तेलले १०१ रन बनाएपछि नेपालले सहजै जित हात पारेको हो । नेपालले लक्ष्य ४४ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि भीम सार्कीले पनि अर्धशतक बनाएका थिए । १०१ रन बनाएपछि कुशल भुर्तेल रिटायर्डआउट भएका थिए । त्यसपछि मैदानमा दीपेन्द्रसिं ऐरी आएका थिए ।
नेपाल पहिलो अभ्यास खेलमा यूएईसँग पराजित भएको थियो । लगातार तीनवटा अभ्यास खेलमा हार व्यहोरेको नेपाल प्र्रतियोगिता सुरु हुनुअघि जितको ट्र्याकमा आएको छ । अब नेपालले १८ जूनमा जिम्बाब्वेसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्नेछ । नेपाल रहेको समूहमा अमेरिका र वेस्ट इन्डिज पनि रहेका छन् ।
