केल्मीको नक्कली सामग्री उत्पादन तथा वितरण गर्ने पक्राउ

खेलकुद पोशाक उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी केल्मीको नक्कली सामग्री उत्पादन तथा वितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली खेलकुद क्षेत्रमा निकै आक्रामक बजार भएको केल्मीको नक्कली सामाग्री निर्माण तथा विक्री गर्ने तीन व्यक्तिलाई आइतबार फरक फरक ठाउँबाट पक्राउ गरिएको हो । पोखरास्थित ज्याकेट हाउसबाट ५ सय प्रति पोशाक सहित त्यस संस्थाका मालिकलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई बैदाम प्रहरीले हिरासतमा राखेको छ ।

त्यस्तै काठमाडौंबाट पनि दुई जनालाई पक्राउ गरिएको छ । एसकेसी गार्मेन्ट, भोटाहिटी र सुजन सिर्जना शिभम रेडिमेड स्टोर, महाबौद्धबाट पनि १२०० पिस सामाग्री सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुवै संस्थाका मालिक र सामाग्री निर्माण गर्ने मेसिसहित एक भारतीय नागरिक छन् ।

नेपालमा केल्मीको अधिकारिक विक्रेता तथा वितरक कामरु ट्रेडिङ प्रालिले आधिकारिक केल्मीको स्टोरबाट मात्र सक्कली सामग्री खरिद गर्न आग्रह गरेको छ । केल्मीले नेपाली खेलकुदमा राष्ट्रिय क्रिकेट टोली, राष्ट्रिय भलिबल टोली, ए डिभिजन फुटबल क्लब लगायत विभिन्न टोलीलाई प्रायोजन गर्दै आएको छ ।

केल्मीले ग्राहकहरुको सहजताका लागि नेपालभर आफ्नो आउटलेट खोलेको छ । दरवारमार्गमा मुख्य स्टोर रहेको केल्मीले देशभर २० ओटा आउटलेट खोलेको छ । राजधानीमा ७ ओटा र देशका मुख्य सहरमा केल्मीका १३ स्टोर रहेका छन् ।

स्पेनिस ब्रान्ड केल्मीको नेपालका लागि आधिकारिक बिक्रेता कामरु ट्रेडिङ हो । क्रिकेट, फूटबलसहित नेपालमा अधिकांश खेलकुदको अफिसियल पोशाकका रूपमा रहेको केल्मी पछिल्ला केही वर्षयता नेपालमा निकै लोकप्रिय छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको