काठमाडौं – सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। केहि प्रदर्शनकारी पक्राउ समेत परेका छन्।
पीडितहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका थिए ।
सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।
उनीहरु २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।

