कांग्रेस केन्द्रीय कार्यसमिति बैठक: आज कसले के- के भने ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा दुई दिनदेखि बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

दोस्रो दिनको बैठकमा केही केन्द्रीय सदस्यहरुले नेतृत्वको पनि तिखो आलोचना गरे। बैठकमा झापाका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री विश्वप्रकाश शर्मासहित नेतृत्वको आलोचना गर्दै जिल्लामा भाँडभैलो चलिरहँदा पनि टुलुटुलु हेरेर बसेको आरोप लगाए।

त्यस्तै अर्की केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले सबैले सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्नुपर्ने बताउँदै बेमौसमी बाजा जस्तो संसदीय दलको नेता फेर्ने कुरा नगर्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई चेतावनी दिइन्।

उनले सभापति र दलको नेता फेर्ने अभियानमा लाग्ने हो भने आफूहरु महामन्त्रीहरुको पनि विकल्पको खोजीमा लाग्न सक्ने बताइन्। अर्का नेता रामहरि खतिवडाले गत वैशाख १० गतेको उपनिर्वाचन परिणामबाट कांग्रेस डराएको बताए।

कांग्रेसका प्रदेश सभापतिहरुको आक्रोश : हाम्रो काम छैन भने खारेज गरिदिए हुन्छ
‘अहिले हामी आफैं उपनिर्वाचनबाट डराएका छौँ। तनहुँमा हामी पराजित भएका छौँ सत्य हो’, उनले भने, ‘हामीले पार्टीलाई गाली गरेर हुँदैन। ०८४ मा खत्तम भयौँ भन्यौँ भने हुँदैन। हामी २१०० सम्म पार्टीलाई पहिलो बनाइरहने गरी लागौँ। एकअर्कालाई गाली गरेर हामी अघि बढ्दैनौँ।’

खतिवडाले संसद्‍मा प्रतिपक्षीले हल्लाइरहेको बताए। ‘सभापतिजी संसद्‍मा यदाकदा जाने, उपसभापतिहरु मन्त्री हुने’, उनले भने, ‘प्रतिपक्षले कसरी संसद् हल्लाउँछन् देख्नु भएकै होला।’

त्यस्तै प्रदेश सभापतिहरुले आफूहरुलाई भूमिका नदिने हो भने प्रदेश संरचना नै खारेज गर्न आग्रह गरे।

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेशलाई बाइपास गरेर केन्द्रले सिधै जिल्लामा पुगेर कार्यक्रम गरिरहने हो भने आफूहरु यही भूमिकामा बसिरहनुको औचित्य नभएको बताए।

मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिन नहुने बताए। उनले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिँदा घुसपैठ हुनसक्ने दाबी गरे।

यादवले प्रदेश समितिलाई जिम्मेवारीविहीन बनाइएको भन्दै बाइपास नगर्न आग्रह गरे। ‘मधेश भनेको कांग्रेसको जननी हो। मधेशबाट नेपाली कांग्रेसको जन्म भएको छ। मधेश बलियो जब जब भएको छ, तब तब नेपाली सत्तामा गएको छ। यो हामीले बिर्सनुपर्ने कुरा होइन’, उनले भने, ‘प्रदेश संरचना किन गठन गरियो? सातवटा प्रदेशमा संरचना किन बनाइयो? यदि यो प्रदेशलाई कुनै जिम्मेवारी दिनु छैन भने, जिम्मेवारीविही बनाउनु छ भने यसलाई खारेज गर्दा हुन्छ।’

भनाइ राख्ने क्रममा केन्द्रीय सदस्य गुरु बरालले लाइभ रोक्न माग गरे। उनले आफ्नो धारणा प्रदाधिकारीहरूप्रति भएकाले सामाजिक सञ्जालमा प्रसारण नगर्न आग्रह गरेका थिए।

‘हामीले बोल्ने फोरम यो हो। यो सामाजिक सञ्जालमा बाहिर नजाओस्,’ उनले भने, ‘मेरो भनाइलाई पार्टीको रेकर्डमा राखियोस्। सामाजिक सञ्जालमा नजाओस्।’

आजको बैठकमा केन्द्रीय सदस्यहरु— जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली र नैनसिंह महरले आफ्नो धारणा राखेका छन् ।

यस्तै गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा वि।क।, विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि।क।, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखे ।

यस्तै आमन्त्रित प्रदेश सभापतिहरु कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेका हुन् । धारणा राख्ने क्रम जारी रहेको र बिहीबार बिहान ११ बजे पार्टी कार्यालयमै बैठक पुनः बस्ने उनको भनाइ छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको